एकादेशमा एक उल्लु थियो जुन, दिनमा उड्न खोज्थ्यो
चरिहरु जब चिरबिर गर्थे उ, गहिरो सोचमा डुब्थ्यो
यो चाह जुन छ मन भित्र मेरो, कसरि पुरा गरौँ
हाय दैब यो कस्तो जुनी दियौ, लाग्छ मलाई मरौं

चिरबिर चरी झैं चिरबिर गर्नु, के मेरो अधिकार हैन
सुर्यदय हेरौं नियालौं प्रकृति, मेरो किस्मत मा छैन
अँधेरी रातमा सुरु मेरो बिहानी, क बुज्चौ मेरो पिडा
ए दैब कस्तो नेत्र दियौ मलाई, फिर्ता लिदेउ सिदा

त्यो उल्लु भएकै छेउ निर एक, चरी को गुण्ड थियो
त्यहि चरीको भाग्य भित्र उ, आफ्नो दुर्भाग्य खोज्थ्यो
एकरातको कुरा हो जंगल मा दुइजना, यात्रु बाश बशे
खानु न पीउनु केहि थिएन तिनको, भोको र प्याषा थिए

तेही रुख नेर जब पात खस्यो, त्यो चरी चल्दा खेरि
देखिहाले ति यात्रु हरुले, भोको आंखा ले फेरि
उल्लु ले बुजिहाल्यो संकेत आफ्नो, बचेरा लिई झर्यो

चरी उड्न खोज्दा अन्धकारमा, उल्टो जालमा पर्यो
हाय धन्य धन्य ए प्रबु मलाई, यस्तो आँखा दियौ
जुनिभर धिक्कारी रहे तिमीलाई, नपाई यसको भेउ
आफुसंग जे छ तेस्मै तिमि, चित्त बुझाउन पर्छ
माछो रुख नाचाद्ला तर, पौडी राम्रो गर्छ

तिमि संग जे छ अरुसंग छैन, येसैमा खुसि हुनु
कुन चिललाइ पो रहर छ र, सगर को सिर छुनु
तेही रात त्यो उल्लु बचेरासंग, अर्को रुख सर्यो

अनि दिनमा सुति रातमा उठी, खुसि खुसि रह्यो