निस्फिक्री भन्दै छ, "म फर्केर आउने छु"
फर्केर आउने मात्र हुन, यात्राको दिन अड्कल्ने
गहन सोच गर्ने, अनि निक्लिने
सधैलाई जाने हरु त , बिना पुर्व तयारि जान्छन
उनीहरुलाई नै थाहा हुदैन, कि उनीहरु जादैछन
झट्ट सोच आउँछ, फट्ट निक्लिनछन
अनि यो यसरीनै जादैछ ....
झोलामा सकी नसकी अटाउछ्न, लगाव हरुलाई
फर्केर आउने मात्र हुन झोला बोकेर जाने,
सधैलाइ जाने हरु त खालि हात जान्छन
सबथोक त्याग्नेलाई, झोला त्याग्न के गारो ?
निस्फिक्री भन्दै छ, म फर्केर आउने छु
तर,
अब आउँदैन यो फर्केर
यसको हिडाई हेरेरै थाहा हुन्छ,
कति बिस्तारै हिड्दै छ
छोटो यात्रा हिड्ने मात्रै हुन् "दौडिने"
यो त सौम्य भएर बग्दैछ,
यो त गन्तव्य नै छैन जसरि हिड्दै छ,
यो सिधै कमनडुल भरि तारा भर्ने हेतुले लम्किदैछ,
अनि तारा गनेर त सकिदैन,
भर्नु को के कुरा
आउन त यसरि आएको थियो,
जसरिकी कैले गएकै थिएँन,
तर अब जादैछ ..
हिजो सम्मको पल सपना जस्तो थियो ..
तर आझ बिपना जसरि जादै छ..
मुखले त भन्दैछ "म फर्केर आउंछु"
तर हेर यसको ललाटमा चम्केको त्यो भोक
जुन सबै तारा पुञ्ज पिए पनि मेटिदैन..
फर्केर आउने हरुलाई, यो बोद हुन्छ कि उनीहरु जादैछन...
यो फर्केर आउँदैन
किनकि यसैलाई थाहा छैन कि यो जादैछ ...
तर मलाइ थाहा छ....
फर्केर आउने मात्र हुन, यात्राको दिन अड्कल्ने
गहन सोच गर्ने, अनि निक्लिने
सधैलाई जाने हरु त , बिना पुर्व तयारि जान्छन
उनीहरुलाई नै थाहा हुदैन, कि उनीहरु जादैछन
झट्ट सोच आउँछ, फट्ट निक्लिनछन
अनि यो यसरीनै जादैछ ....
झोलामा सकी नसकी अटाउछ्न, लगाव हरुलाई
फर्केर आउने मात्र हुन झोला बोकेर जाने,
सधैलाइ जाने हरु त खालि हात जान्छन
सबथोक त्याग्नेलाई, झोला त्याग्न के गारो ?
निस्फिक्री भन्दै छ, म फर्केर आउने छु
तर,
अब आउँदैन यो फर्केर
यसको हिडाई हेरेरै थाहा हुन्छ,
कति बिस्तारै हिड्दै छ
छोटो यात्रा हिड्ने मात्रै हुन् "दौडिने"
यो त सौम्य भएर बग्दैछ,
यो त गन्तव्य नै छैन जसरि हिड्दै छ,
यो सिधै कमनडुल भरि तारा भर्ने हेतुले लम्किदैछ,
अनि तारा गनेर त सकिदैन,
भर्नु को के कुरा
आउन त यसरि आएको थियो,
जसरिकी कैले गएकै थिएँन,
तर अब जादैछ ..
हिजो सम्मको पल सपना जस्तो थियो ..
तर आझ बिपना जसरि जादै छ..
मुखले त भन्दैछ "म फर्केर आउंछु"
तर हेर यसको ललाटमा चम्केको त्यो भोक
जुन सबै तारा पुञ्ज पिए पनि मेटिदैन..
फर्केर आउने हरुलाई, यो बोद हुन्छ कि उनीहरु जादैछन...
यो फर्केर आउँदैन
किनकि यसैलाई थाहा छैन कि यो जादैछ ...
तर मलाइ थाहा छ....
No comments:
Post a Comment