Friday, March 10, 2017

feel

कैले समय मिलेन,
कैले समय मिलाइन,
कैले तिमि भएनौ,
कैले म भैन,
कैले डरले खायो, 
कैले लाजले लुकायो,
म तिम्रो अघि पर्नै सकिन
कैले करले पुर्यो
कैले रहरले पोल्यो
भावनाले भरियें
होश रहेन
बोल्नु त थियो
तर जिब्रो रहेन
म तिमि संग बोल्नै सकिन
निशाना साधें
फेरि दिशा मोढे
आफैले आफैलाई
तिमि बनेर जाचें
मेरो हैस्यतको हैन ठानें
सोचहरु को बुल्बुला बन्यो
बस कल्पना मात्र ठुला बन्यो
आखिर गयौ, तिमि सम्म पुग्नै सकिन

No comments:

Post a Comment

Disqus Shortname

Comments system