मेरो माया लुक्नै सकेन,
कति चोटी आँखा फेरें,
सायद पकड्छौ आँखामा प्रेम भनि।
कति चोटी बोल्नै रोकेँ,
कि कम्पन ले बुझ्छौ भनि।
तर लाखौ कोसिस गरे पनि,
मेरो माया लुक्नै सकेन।
तिम्रो बारेमा कसैलाई सोध्नु पर्यो भने,
पहिले पाँच अरुको सोधेर, अनि सोध्थें ।
त्यहि पनि थाहा पाउँछन कि भनि,
चासो नदिए झैं गरि सुन्थें।
तिमीलाई नदेख्दा म,
चारै दिशा खोजि हिद्थॆ।
देखे पछि अनि तिमीलाई,
देख्दै नदेखे झैं गर्थें।
तर तिम्रो प्रेम तलाउमा,
झुक्किएर खसेछु,
यस्तरी नित्रुक्क भिजेछु कि
नदेखाएर नि सबले देखे,
नबुझाएर नि सबले बुझे
सिबाय तिमीले ....
कति चोटी आँखा फेरें,
सायद पकड्छौ आँखामा प्रेम भनि।
कति चोटी बोल्नै रोकेँ,
कि कम्पन ले बुझ्छौ भनि।
तर लाखौ कोसिस गरे पनि,
मेरो माया लुक्नै सकेन।
तिम्रो बारेमा कसैलाई सोध्नु पर्यो भने,
पहिले पाँच अरुको सोधेर, अनि सोध्थें ।
त्यहि पनि थाहा पाउँछन कि भनि,
चासो नदिए झैं गरि सुन्थें।
तिमीलाई नदेख्दा म,
चारै दिशा खोजि हिद्थॆ।
देखे पछि अनि तिमीलाई,
देख्दै नदेखे झैं गर्थें।
तर तिम्रो प्रेम तलाउमा,
झुक्किएर खसेछु,
यस्तरी नित्रुक्क भिजेछु कि
नदेखाएर नि सबले देखे,
नबुझाएर नि सबले बुझे
सिबाय तिमीले ....
No comments:
Post a Comment