Friday, March 10, 2017

सित्तैमा परेको चिट्ठा

तिमीलाई पो सित्तैमा पाएँ
भर्दै नभरेको चिट्ठा परेको जस्तो
तिमीलाई पो नमागी पाएँ
मेरै लागि भगवान झरेको जस्तो
कहिले काहीं त अमुल्य कुरा पनि
क्या सित्तैमा पाइने,
अनि त्यो बहुमुल्य कुरा बाट बहुमुल्य माया
एकछत्र बर्सि रहने
घरबाट बाहिर निक्लेपछि त म
भीडकै यौटा भाग त हो नि,
माया पनि त्यतिनै पाउछु
यो लवजले जति बोलेर कमाउछु
तिमिलाइ पो रिजाउनै पर्दैन
जति बिजाउने बोलि झिके पनि
झन्नक्क झंकिन्छेउ , फेरि भुलिहाल्छेउ
फरक येति रिसाउदा, ला गिच भनेर थप्दिन्छेउ
खुसि हुदा, खान्छा खाउ भनेर थप्दिन्छेउ
आफ्नो भाग रहोस नरहोस् ..
घर बाहिर त उइ हो नि निक्लेपछि
मुस्कुराए मुस्कुराहट उत्तरमा पाउछु
रिशाये, जा मर खालको ब्यबाहार पाउछु
कहाँ स्वतन्त्र हुन्छु र तिमि संग जस्तो
आँशु बहौदै हिडे भने नि बाटो भर
तेही बिहानीको सीत नै पग्लियो
हिड्दा हिड्दै द्यंगा ढलिहाले पनि
भीडको यौटा कमिला नै किचियो
तिमि पो हौ त यत्तिकै मुख हेरेरै अलंकार बुज्दिन्छेउ
"ह्या केहि भाछैन" भन्दा पनि, भाको अड्कल काटी हाल्छेउ
मैले T. V. को हेड लाइन देख्दिन भन्दा त, तिम्रो मुहारको रंग फेरिन्छ
 म आझ फेन्ट भएर आको भन्दा तिमीलाई झन् के हुन्छ?
तिमिपो हौ त मेरो हासो हेरेरै सन्तोष हुने
नत्र यहाँ मान्छेलाई सन्तोष बनौन कति गारो छ
टाउकेइ काटेर खुट्टामा राखेनी,
रगत किन थोरै भन्छन
यति निकट कसको अब कहिले भइन्छ र
तिमीले पो मलाई आफै भित्र बनाएर निकालेउ
अरु संग त जोडिन पनि
समय नै समय को उपहार चाहिन्छ
फेरि, उनीहरुले चाहेको ब्यबाहार चाहिन्छ,
तिमि संग पो निस्फिक्री , तनको सिक्री फुकाएर फिजिन पाउँछु
मलाई देउता देखे जस्तो गर्छेउ
घर पुग्न पाको हुन्न,
चिया लिएर ढोकामा आइपुग्छेउ
मेजमानी गर्छेउ, मिठो नमिठो छानछेउ
मलाई पोल्ने कुनै कुरा सुनाए भने, तिमीलाई चौगुणा पोल्छ
म बिर्सिन्छु तिमि बिर्सिन्नौ
तिमीलाई फकौना थाल्नु पर्छ
अनि तेसैले कैले त सुनाउन नि मन लाग्दैन
समय त हुन्छन, बेला बेला
नयन ले अरु कोहि खोजि रहन्छन
तर यस्तो समय पनि बेला बेला आउँछ जब लाग्छ
 मलाई किन कोहि चाहियो र , जब मेरी ममु साथै छिन्...

No comments:

Post a Comment

Disqus Shortname

Comments system