Thursday, March 2, 2017

हैनन् र?

के घोच्ने नै भए पनि,
सिउंडीले बिरलै दिने फूल मोहक हैनन् र?
त्यो सदैब फुल्दै झर्ने जाहि र जुही भन्दा

के घोच्नेनै भए पनि,
त्राशको ढकले खिच्दा पनि, बल्ल बल्ल उचालिने
जिब्रा बाट निक्लिएका अवाज ठुला हैनन् र?
त्यो सहजै चिप्लाउने चिप्ला आवाज भन्दा.

के अनिकाल लागेको घरले दिएको
मुठी को मकै ठुलो हैन र,
सेठ को घरको बडी भएको व्यंजन भन्दा?
के कोलाहल मन भए पनि बिरलै निक्लिने
ओंठको मुस्कान ठुलो हैन र?
सधैं को हाहा र होहो भन्दा

के तिमीमा कसैले गरेको बिस्वास ठुलो हैन र?
तिमीले कसैलाई गरेको बिस्वास भन्दा?
के तिमीलाई प्रेम गर्ने कोहि ठुलो हैन र?
तिमीले प्रेम गर्ने कोहि भन्दा?

के बिना कारण मन बाट बहने
आमाको जस्तो करुणा ठुलो हैन र?,
समय संदर्व र कारण हेरी गरिने माया भन्दा?
के डराइ डराइ , कसैले तिमीमा पोखेको उसको रहस्य ठुलो हैन र?
उसले संगसंगै पोखेपानी तिमीलाई पोल्ने कुरा

के पहिलो भावनाको अभिव्यक्ति बोक्ने
स्यानो टुक्का  ठुलो हैन र?, कृतिम उत्क्रिस्ट कथा भन्दा ?
के बाफिलो गर्मीमा पनि
आफ्नो अस्तित्व अलिकति जोगाउन सफल,
दुखाउने अशिना ठुलो हैन र?
त्यो सधै नदुखाई बर्सि रहने पानि भन्दा?

के प्रयाश ठुलो हैन र हारे पनि कछुवाले ,
त्यो सदैब सफलता दर्साउने खरायो को जीत भन्दा?
के मेरो तिमीलाई सन्तुस्ट पार्ने प्रयाश ठुलो हैन र,
अन्तिम मा म सधै चुके पनि ....

No comments:

Post a Comment

Disqus Shortname

Comments system