Thursday, March 2, 2017

यसलाई पिडा भनिन्छ

छातीलाइ व्यथा लाग्छ,
देब्रे पाटोमा अलिक जोडले ,
कुनै यौटा अन्तरिक्ष्ह्यानै जन्माउछुझैं गरेर
आफ्नै आवाजमा चिचाउँछ,
यसलाई पिडा भनिन्छ।
यसको चित्कार सुनिदैन,
अनुभूति गरिन्छ,
यसलाई बोक्नेले मात्र यसको अनुभूति गर्न सक्छ.......

कोइ कोइ यति बलियो हुन्छन कि,
पीडालाई आँशु बनाएर निकाल्न सक्छन।
कोइ कोइ यति निरिह र कम्जोर हुन्छन कि,
रुन पनि सक्दैनन् ।।।

छातीलाई पोल्छ,
यस्तो कि आफ्नै मुख ज्वालामुखिको मुख हो,
अनि भित्र चलिरहेछन, सल्बलाइरहेछ्न लाभाहरु,
आफ्नै ताल मा
छल्किरहेछन,
तर त्यो लाभा निक्लिदैन,
अनि यसले बोक्नेलाइ मात्र पोल्छ।

यसलाई पिडा भनिन्छ..

पिडा को रुप हुदैन,
हुदो हो त, यति भयानक हुदो हो कि, सबै आँखा चिम्लेर बस्दा हुन्
पीडाको रंग हुदैन,
हुदो हो त अन्धकारमा पनि प्रस्ट अँधेरो देखिने गरि कालो हुदो हो।

कोइ कोइ यति बलियो हुन्छन कि,
आवाज मा निकालेर पोख्न सक्छन यसलाई,
अनि कोइ कोइ यति कम्जोर हुन्छन कि
तिनको छातीमै रहिरहन्छ,
ढक ढक गरिरहन्छ मुटुमा।
कुनै ढोका जसरि,
अनि ढक ढक गर्दा गर्दै थाक्छ क्यारे।
निदाउछ
फेरि चांडै बिउझिने बाचा गरेर.............

#feeling_sadness

No comments:

Post a Comment

Disqus Shortname

Comments system