Thursday, March 2, 2017

तिमि कस्तो कुण्ड जस्तो छौ

तिमि कस्तो कुण्ड जस्तो छौ,
जहिले चाह्यो डुब्कि लाउन मिल्ने।
जति चाह्यो डुब्कि लाउन मिल्ने।
गहिरो..... अति गहिरो
जहाँ जति होस्, कण्ठमा रहेको काल्कोट बिष,
झ्वास्स भएर, तिमीमै परिणत हुने।।

कहीं पहाड को काखमा,
जहा कंक्रिट चड्न सक्दैन,
जहाँ चाहेर पनि सहर बस्न सक्दैन।
निश्चल , मनोरम , शीतल,
जहाँ  छोएर बग्ने पवन पनि,
कुण्डकै अंग जस्तो लाग्छ,

तिमि त्यस्तै कुण्ड जस्तो छौ.....

तिमि कस्तो, कुण्ड जस्तो छौ,
यहाँ जे प्राचिन बाकि  छ, त्यो तिमि हौ,
तिम्रा थोपा थोपामा कथाहरु बुनिएर बसेका छन्।
कुनै थोपा, हिमाल को चुचुरा बाट देखिने सुन्दर मनोरमा
बोकेर आएका छन्।
कोहि वनको माजमा रहेको मुहान बाट,
नदि हुदै यहीं आएर मिलेका छन् ।
कोहि क्षितिज पग्लिए पछिका, सेश बनि बसेका छन् ।
कोहि प्याश मेटाउन आएका बटुवाको, पशिना बनि खसेका छन...

यहाँ जे प्राचिन बाकि छ, त्यो तिमि हौ....

त्यसैले तिमि कुण्ड जस्तो छौ
जहाँ,
जहिले चाह्यो डुब्कि लाउन मिल्ने,
जति चाह्यो डुब्कि लाउन मिल्ने,
गहिरो अति गहिरो।
जहाँ जति होस् कण्ठमा रहेको काल्कोट बिष...
झ्वास्स भएर, तिमीमै परिणत हुने...

No comments:

Post a Comment

Disqus Shortname

Comments system