एउटाले केश मात्र देख्यो
कालो छ त्यो भन्यो
अर्कोले भेस मात्र देख्यो
उत्ताउलो छ त्यो भन्यो
कालो छ त्यो भन्यो
अर्कोले भेस मात्र देख्यो
उत्ताउलो छ त्यो भन्यो
न म केश थिएँ न भेष
म त म मात्रै थिएँ
तर कमैले म मा म देख्यो
कमैले मलाइ बुझ्यो
म त म मात्रै थिएँ
तर कमैले म मा म देख्यो
कमैले मलाइ बुझ्यो
कसैले आक्रोश मात्र देख्यो
खर्रो छ त्यो भन्यो
कसैले बेहोश मात्र देख्यो
कम्जोर छ त्यो भन्यो
खर्रो छ त्यो भन्यो
कसैले बेहोश मात्र देख्यो
कम्जोर छ त्यो भन्यो
मान्छे किन देखेकै भरमा
कसैको अस्तित्वलाइ छाप्चन
आफ्नो मानशपटलमा
अनि रटाउचन आफैलाई
फलानो यस्तो, ढिस्कानो उस्तो
कसैको अस्तित्वलाइ छाप्चन
आफ्नो मानशपटलमा
अनि रटाउचन आफैलाई
फलानो यस्तो, ढिस्कानो उस्तो
जब म आफैलाई ऐनामा हेर्छु
म आफुलाई हावा जस्तो देख्छु
परिवर्तन्सिल
कैले चिसो बताश
कैले तातो स्वांश
कैले दुर्गन्द
त कैले कोमल सुगन्द
म आफुलाई हावा जस्तो देख्छु
परिवर्तन्सिल
कैले चिसो बताश
कैले तातो स्वांश
कैले दुर्गन्द
त कैले कोमल सुगन्द
सबैको समिश्रण यौटा बताश
तर कमैले ममा म देख्यो
सबैले ममा आफु देखे
आफ्नो सोच देखे
आफ्नो बिचार
सबैले ममा आफु देखे
आफ्नो सोच देखे
आफ्नो बिचार