Tuesday, June 28, 2016

थोपाहरु

स्नान जो गरेको छौ,
चुहीदै छन् तप्प तप्प,
तिम्रा केसबाट  थोपाहरु।
तिमी त सधै रुझेकै हुन्छौ।।

मेरो मनको गहीरो तलबाट,
Deep boring गरेर,
म भित्र बन्ने सारा प्रेम सोरेर,
स्नान जो गरेको छौ,
चुहीदै छन् तप्प तप्प,
तिम्रा केसबाट, मेरा प्रेमका थोपाहरु।
तिमी त सधै रुझेकै हुन्छौ,
सुख्खा त म भएको छु।

Sunday, June 19, 2016

यात्रु

प्याट प्याट चप्पल बजाउँदै कहिले,
गर्याम गर्याम जुत्ता त कहिले,
बे-आवाज खाली खुट्टा त कहिले,
कहिले छैन आराम ।

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?

फतफताई रहने, दिमाग भित्रका कुरौटे ।
तिनलाई चुप गराउने, मन भित्रका साधु।
अनि अनायाश दुवैलाइ रोकी उफ्रने,
आक्रोश रुपी आफै भित्रका दानवलाइ बोकी,

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?

सुगंदको गंदमा तानिएर कहिले,
बिस्मात्को गोलीले हानिएर कहिले,
चाहनाको सुचिमा कुनै सम्भव राखेर,
अनि हरेश खाइ कैयौं मेटेर..

के खोज्दै हिडिरहेछौ?
के खोज्दै हिडिरहेछु?


Saturday, June 18, 2016

टकीला शट्स

मैले तिम्रो लागि, म भित्रको गहिरो तलबाट झिक्न खोजें,
एक बाल्टी मन।
तर त्यो चुहिने बाल्टीमा बाँकी रह्यो त,
एक अन्जुली भावना।
त्यो अन्जुलीमा भावना अटाएर तिमि सम्म ल्याउँदा बस रह्यो,
केहि छिट्टा कविता ।
आझ लाग्छ छर्किदा तिमि सम्म पुग्यो पुगेन?

Thursday, June 9, 2016

म तयार हुनुपर्छ

म तयार हुनुपर्छ,
जसरि हाँगाहरु तयार हुनुपर्छ।
ऋतु संगै बनेर झर्न तम तयार पातलाई, बिना सब्द बिदाइ गर्न
पात त यसरि झर्छ,
लाग्छ कि उसको केहि सम्बन्द छैन हाँगा संग।
आफ्नै रफ्तारमा झर्छ, हावाको तालमा नाच्दै माटोको आलिङ्गन मा बेरिन।

म अलिकति अन्धो बन्नु पर्छ,
ताकि तिमिले खुकुलो बनाउदै गरेको, हाम्रो डोरी नदेखुं।
म अलिकति भाव बिहिन हुनुपर्छ,
तिमि फुत्कि सक्दा तिमि हुने ठाउँ नेर, खालि पनको अनुभव नगरुँ।

तिमि म देखि अघाएपनी,
म तिमीले सुनेर अघाएको गीत जस्तै हुनुपर्छ।
ताकि तिम्रो रुचि फेरिएपनि, म नाफेरिउं,
उही तरिकाले बजिराखुं,
मैले म भित्र को गीतलाइ.. बिर्सिनु हुन्न.. बदल्नु हुन्न।

म तयार हुनु पर्छ
जसरि खडेरीको खोलि तयार हुनुपर्छ।
घामको रापमा पखेटा हाल्दै उडिरहेका उसका जल,
यसरि उड़छन् , लाग्छ ति कहिले पानि थिएनन् ।

म तयार हुनु पर्छ
जसरि रितुअनुसार आफुले बनाएको फल।
टप्प टिपिन्छ ,
झारिन्छ,
म तयार हुनु पर्छ,
खानेलाई बेप्रश्न खान दिन।
लानेलाई बेप्रश्न लान दिन ।

म तयार हुनु पर्छ,
चाहनै चाहनाले बनेका चाहनाका चराहरुलाई,
मनको पिजडा खोलि, बेप्रश्ना हावामा बिलाउन दिन।
कसिएका मुठी खोल्न,
किनकि म पिजडा हुनु हुदैन,
मेरो पिजडामा अरु कोहि होइन ,
कैदी म नै हुन्छु।

तिमि टाडिदै छौ म बाट
अनि मा तयार हुनु पर्छ।

म तयार हुनुपर्छ,
जसरि पृथ्वी तयार हुनुपर्छ ,
आफुलाई धप्पक्कै निलिमा बनाउने रवि,
जब अकाश्मात चन्द्रमालाइ चुम्न पुग्छ।
म तयार हुनुपर्छ,
मेरो रवि,
दूर क्षितिजमा अरु कसैलाई रोशनी दिएको हेरेर बस्न।
किनकि रवि कहिले मेरो थिएन।

म तयार हुनु पर्छ
तिमि प्रति मेरो कुनै हक छैन
मैले बुज्नु पर्छ,
यो स्नेह हो, कारोबार होइन
मैले बुज्नु पर्छ।

तिम्रो सामिप्यताको स्पर्श हरु मलिन मलिन हुदै जान्छ,
अनि मलाई गाह्रो हुन्छ।
त्यसैले म अहिले तयार हुनुपर्छ
म तयार हुनु पर्छ,
ताकि,
पिडा अलिकति भए नि कम होस्
तर तयार हुनुमा पनि आफ्नै पिडा।

हो म तयार छैन
तर म तयार हुनुपर्छ। 

Friday, June 3, 2016

तिमीलाई म कस्तो लाग्छ?

तिमीलाई म कस्तो लाग्छ?
नजाती कि? जाति कि?
अजनबी कि? साथि कि?

मलाई त तिमि राम्रै लाग्छ
किन किन आफ्नै लाग्छ
आफ्नै मनको टुक्रा जस्तो
टाढा हुदा तिमि, कस्तो कस्तो

हर्बार मनमा येही प्रश्न गर्छु
कि,
तिमीलाई म कस्तो लाग्छ?
हीरा कि? ढुंगा भाँती कि?
अजनबी कि? साथि कि?

मेरो लागि त तिमि बर्षा जस्तो
अनि म गल्न तयारि माटो जस्तो
संगमबाट फक्रिने हरियाली जस्तो
टाडा हुदा तिमि, कस्तो कस्तो

हर्बार मनमा येही प्रश्न गर्छु
कि,
तिमीलाई म कस्तो लाग्छ?
फुल लाग्छ कि? पाती कि?
नजाती कि? जाति कि?
हीरा कि? ढुंगा भाँती कि?
अजनबी कि? साथि कि?

Wednesday, June 1, 2016

प्रयाश

मैले पुग्न नसकेको ठाउँ
मैले हुन नसकेको मान्छे
मैले छुन नसकेको आकाश
मैले पढ्न नसकेको किताब

मैले सोच्न नसकेको सोचाइ
मैले गर्न नसकेको काम
मैले भर्न नसकेका साहस
मैले बनाउन नसकेको साथ

मैले छुन नसकेको मन
मैले समाउन नसकेको हात
मैले हसाउन नसकेको ऒथ
मैले बोल्न नसकेको बोलि

मैले खोल्न नसकेको ढोका
मैले चाल्न नसकेको पाइला
मैले जिउन नसकेको समय
मैले लेख्न नसकेको कविता

तिमीलाई देखे,
अनि तिमीमै देख्न थालें
मेरा नसकिएका यी चाहहरु 
तेसैले तिमीलाई पाउन चाहें

तर तिमि पनि भयौ आँखिर
मैले पाउन नसकेको मानिस
मैले पुग्न नसकेको ठाउँ
मैले हुन नसकेको मान्छे
मैले छुन नसकेको आकाश
मैले पढ्न नसकेको ...... क्र म श

Disqus Shortname

Comments system