Wednesday, January 11, 2017

यहाँ मुटु मात्रै हैन

यहाँ मुटु मात्रै हैन

यहाँ सलाई छ
सलाइको डिब्बा छ
झ्वस्स हुन्छ
जलाउँछ जल्छ

पुतली जसरी रहर फट्फटाउँछन्
अनी फेरी आफ्नै जालोमा अल्झिन्छन्
यहाँ पुतली पनि छ
यहाँ माकुरा पनि छ
माकुराको जालो पनि छ

यहाँ मरेको आशा हरु
मुटुले तान्छ
अनी फेरी जिवित बनाएर फाल्छ
किनकी फेरी मर्नलाई जिवित हुनुपर्‍यो

यो छाती भित्र,
मुटु मात्रै हैन

यहाँ भुइँ छ
यहाँ माटो छ
त्यसैले कहिले फूल उम्रिन्छ
अनी त्यस्मा काँडा  पलाउँछ
ढिलो चाँडो टिपिन्छ
वा झर्छ,
कुन काँडाले फूललाई बचाएको छ र?

यहाँ धेरै छ्न्,
बस केही कुरा छैनन

यहाँ प्वाँख छ,
बस पंक्षि छैन
यहाँ रात छ
बस सशी छैन

लाग्छ कहिले
यहाँ नहुनु पर्ने सबै छ
हुनु पर्ने केही छैन
कहिले त लाग्छ
यहाँ मुटु पनि छैन

तर दुख्छ, यो थाहा दिन,
कि यहाँ मुटु पनि छ
..
तर
मुटु मात्रै हैन ....

Disqus Shortname

Comments system