ममीको मनभित्रका समबेदना हरु,
ममीले पकाउने खानाबाट धेरै झल्किन्छ।
ममी रिसाउदा तरकारीमा मसला गनाउछ,
दाल र पानि एकअर्का संग मिलेर बस्न सक्दैनन्,
छुट्टी हाल्छन,
अचार साबिकको भन्दा पिरो हुन्छ,
म भने,
ममीको ओठ फर्केको मुहार हेर्दै गाँस निल्छु,
एकदिन ममीलाई खुसि बनाउने प्रण लिएर
ममी बिरामी हुदा र हामीलाई नभन्दा
तरकारीले जेन तेन आफ्नो स्वाद बोक्न खोज्छ,
दालले जिम्बुको चुम्बन पाउदैन
अचारले बन्ने आट गर्दैन।
म ममीको फुस्रो मुहार हेर्दै खाना खान्छु
"सन्चो भएन?" , सोद्छु
"अलिकति ज्यान गरुङ्गो भाको छ"
भन्नु हुन्छ
ममीको सुस्वास्थको कामना गर्छु
मनमनै, "आमाहरुलाई त रोग नै नलाग्नु नि"
भन्छु
ममी उदास हुदा,
तरकारी अलि अलि डढेको हुन्छ
दाल ले पानीमा हाम्फाल्नै बिर्सिन्छ,
अचारले नुनलाइ चट्टक्कै बिर्सिन्छ,
म ममीको उदाश मुहार हेर्दै खाना निल्न खोज्छु,
त्यो उदाशिनताको कारण म नै हो कि सोच्छु।
एकदिन ममीलाई गलल हसाउने सपना साञ्छु।
ममीको मनको मौसम
साचै ममीले पकाउने खानामा झल्किन्छ...
एउटा घटना सुनाउछु
दादा विदेश गएपछि,
ममीले पकाउने खाना को स्वाद एकदमै फेरियो,
खानाको जान गए जस्तो, मिठो भएर पनि केहि नपुगे जस्तो,
यसरि फेरियो कि
दादा आकल झुकल नेपाल आउदा पनि त्यो स्वाद कहिले फर्कीएर आएन।
ममीको मूड ममीको खानामा झल्किन्छ,
खुसि भएको दिन।
बल्ल थाल थाल जस्तो लाग्छ,
मोर्डन थकाली भान्छा भन्दा पनि उत्क्रिस्ट,
ममी खुसि हुदा,
ममीको भान्छा खुसि हुन्छ
जे बन्छ, खुसि खुसि बन्छ
मीठो बन्छ
अनि म पनि खुसि खुसि खान्छु।
तर यस्तो आझ भोलि कमै हुन्छ.........
ममीले पकाउने खानाबाट धेरै झल्किन्छ।
ममी रिसाउदा तरकारीमा मसला गनाउछ,
दाल र पानि एकअर्का संग मिलेर बस्न सक्दैनन्,
छुट्टी हाल्छन,
अचार साबिकको भन्दा पिरो हुन्छ,
म भने,
ममीको ओठ फर्केको मुहार हेर्दै गाँस निल्छु,
एकदिन ममीलाई खुसि बनाउने प्रण लिएर
ममी बिरामी हुदा र हामीलाई नभन्दा
तरकारीले जेन तेन आफ्नो स्वाद बोक्न खोज्छ,
दालले जिम्बुको चुम्बन पाउदैन
अचारले बन्ने आट गर्दैन।
म ममीको फुस्रो मुहार हेर्दै खाना खान्छु
"सन्चो भएन?" , सोद्छु
"अलिकति ज्यान गरुङ्गो भाको छ"
भन्नु हुन्छ
ममीको सुस्वास्थको कामना गर्छु
मनमनै, "आमाहरुलाई त रोग नै नलाग्नु नि"
भन्छु
ममी उदास हुदा,
तरकारी अलि अलि डढेको हुन्छ
दाल ले पानीमा हाम्फाल्नै बिर्सिन्छ,
अचारले नुनलाइ चट्टक्कै बिर्सिन्छ,
म ममीको उदाश मुहार हेर्दै खाना निल्न खोज्छु,
त्यो उदाशिनताको कारण म नै हो कि सोच्छु।
एकदिन ममीलाई गलल हसाउने सपना साञ्छु।
ममीको मनको मौसम
साचै ममीले पकाउने खानामा झल्किन्छ...
एउटा घटना सुनाउछु
दादा विदेश गएपछि,
ममीले पकाउने खाना को स्वाद एकदमै फेरियो,
खानाको जान गए जस्तो, मिठो भएर पनि केहि नपुगे जस्तो,
यसरि फेरियो कि
दादा आकल झुकल नेपाल आउदा पनि त्यो स्वाद कहिले फर्कीएर आएन।
ममीको मूड ममीको खानामा झल्किन्छ,
खुसि भएको दिन।
बल्ल थाल थाल जस्तो लाग्छ,
मोर्डन थकाली भान्छा भन्दा पनि उत्क्रिस्ट,
ममी खुसि हुदा,
ममीको भान्छा खुसि हुन्छ
जे बन्छ, खुसि खुसि बन्छ
मीठो बन्छ
अनि म पनि खुसि खुसि खान्छु।
तर यस्तो आझ भोलि कमै हुन्छ.........