Thursday, May 30, 2013

gazal :)


दुइ प्रेमीको बिचमा, एउटा दिबार छ पूरानो
अरु सबै नया छन्, इन्तजार छ पुरानो
प्रयास नगरेको होइन, त्यो दिबार फुटाउने
लाखौ बल लगाए पनी, उही हार छ पुरानो
तिमीसंग का पल हरु सम्झदैमा आँशु आँउछ
बर्सौ देखि संगालेकको, उपहार छ पुरानो
माया कस्तो हुन्छ देखायौ, माया गर्न सिकायौ
तिमीले गरेको मायामा, यही आभार छ पुरानो
तिम्रो आगमनले नया बाहार ल्याउँथ्यो की
नत्र उस्तै छ दिनचर्या, उही सन्सार छ पुरानो

No comments:

Post a Comment

Disqus Shortname

Comments system