Friday, November 29, 2013

तिमि हौ आनन्द


जाडो मा तिमि हौ, घाम को आनन्द
तिमि हौ चारै, धाम को आनन्द

तिमि हौ प्याश मेटिदाको सन्तुष्टि
थकित लाई शितल, ठाम को आनन्द

मलाई नसोध तिम्रो आवस्यकता कति
भोको लाई नसोध, माम को आनन्द

तिम्रो चुम्बन ले त पिडा सोशी जान्छ
जीउ दुख्दा लगाइदाको, बाम को आनन्द

तिमि पाउँदा मोक्ष्य नै पाए जस्तो
हनुमान लाई जस्तो सीता, राम को आनन्द

तिमि पाउदा दिल यसै हुन्छ प्रमोदित
अँगालो मै संसार, तमाम को आनन्द

प्रमोद के.शी.

No comments:

Post a Comment

Disqus Shortname

Comments system