के थाहा तिमीले, फकाएपनि माफी दिन्थे
एकचोटी अंगालोमा, लगाएपनि माफी दिन्थे
तिमीले जे गरेउ बिर्सिन, बाटो खोजिरहेछु
चित्त बुज्ने एउटा कारण, पाए पनि माफी दिन्थे
फरक पर्दैन र तिमीलाई, मेरो दिल दुखेको मा ?
तिमीले माफी माग्न, आए पनि माफी दिन्थे
गुमाउनु को डर छ मलाई, मेरो प्राण भन्दा पनि
मेरै झुटो कसम तिमीले, खाए पनि माफी दिन्थे
फकाउने को आश ले नै रिसाउने हो मान्छे
पहिले झैँ मेरा हात, समाए पनि माफी दिन्थे
टुक्रीएको दिल छ आझ, सहनै मुस्किल छ आझ
दिल जोड्न तिमीले, सागाए पनि माफी दिन्थे
जति बुझाउन खोज्छु, दिल उति मान्दैन
अलिकति तिमीले , बुझाए पनि माफी दिन्थे