Tuesday, September 17, 2013

kabita k ho? (gazal)


कविता सायद मानिस नै हो, अर्को जीवन हो कविता
जीवन झैँ घाम छाया हो, हाँसो हो रोदन हो कविता

बोकी हिड्छ सिंगो येरावत ले, धान्न नसकेको भार
भावाना को पहाड बोकी हिड्ने, भरिया को धन हो कविता

कविता पत्त्थर हो, फुल हो, के  के होइन र कविता
कसैको हर्ष को गीत हो कविता, कसैको रोदन हो कविता

कहिले सब्द कै तिर हो कविता, घायल नै लोक बनाइदिने
फेरि कोहि घायल को बिरह गाउने, निश्चल मन को कविता

सब्द को तन्त्र हो कविता, बेचैन लाइ प्रमोदित बनाइदिञ्छ
कविता बाट  बोल्ने गुन्गाको , जिउने कारण हो कविता
pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system