Friday, September 20, 2013

gajal

सानो थोकलाइ हजुर, संसार मान्नु हुन्छ
सानो चोट पाउनुहन्छ, हार मान्नु हुन्छ

समश्या एक्लै होइन, विकल्प संगै आँउछन्
परीक्षा लाई किन -- दिबार मान्नु हुन्छ

उ आएर लानेछ, "मेरो" भन्ने घमन्ढ
नाशोलाइ किन    उपहार मान्नु हुन्छ

मरे पछी पक्कै पनी पछुताउनु हुनेछ
बाचुन्जेल जिन्दगी, इन्तजार मान्नु हुन्छ

यात्रा नै हो जिन्दगी, यात्रा मै छ रमाइलो
कुन्नी काँहा पुग्नलाइ,  हतार मान्नु हुन्छ


pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system