Friday, June 13, 2014

gazal (badha sanga)

बाधा संग नयन, चार गर्यो त्यसैले जंगार उ, पार गर्यो बुज्न मुस्किल जिवन उसले सरल भाषामा, साभार गर्यो मन्जिल त पुर्नविराम थियो न पुग्नलाइ कहिले, हतार गर्यो बाच्ने कला जानेको थियो जे पायो हासेर, सुइकार गर्यो सफलताले आत्मसमर्पण गर्यो किनकी प्रयास, बार बार गर्यो बैरीलाइ पनी आझ उसले भैदीएकोमा .... आभार गर्यो फराकिलो दिल बनाइदीएकोमा दिल तोड्नेहरुको, सत्कार गर्यो भगवान संग कहिले केही मागेन उसले आँफै चमत्कार गर्यो

pramod kc

Tuesday, June 10, 2014

गजल (एउटै लाग्छ)

पशु होस् या मानिस, लाश एउटै लाग्छ
सेकुवा र चिता को, वास एउटै लाग्छ

पराइ भन्छन्, आफ्नो भन्छन् , अन्योल मा पर्छु
मलाई त सारा संसार, खास एउटै लाग्छ

पुतलीको चाहना होस् या माथि पुग्ने लालस
बालक या ठुलाले गर्ने, आश एउटै लाग्छ

आफै भित्र छ पानि, पछ्याउछ अर्को बादल
त्यो बादलको र मेरो, प्याश एउटै लाग्छ

फेरि सुन्यतामै, बिलाई जाने छ सब
कसैको रबाफ र, बताश एउटै लाग्छ

जब आमाको गाला र माटो सुम्सुमाउछु
ति दुवै बाट आउने, आभास एउटै लाग्छ

- Pramod K.C.

Sunday, June 8, 2014

गजल पनि तिम्रै लागि हो

यो जिउँदो लाश तिम्रै लागि हो
यो मान्छे खास तिम्रै लागि हो

तान तुन गज़ल बनाएर मैले
लेखेको बकवास तिम्रै लागि हो

आफ्नो लागि म बाच्न छोडी सकें
मैले फेरेको साश तिम्रै लागि हो

तिम्रो सिन्दुरको ताज, हुन नपाएपछि
कबुल होस् यो दास तिम्रै लागि हो

यो भमरोले लाख फूल, त्यागि त्यागि
साँचेको प्यांश तिम्रै लागि हो

- प्रमोद भन्ने मान्छे

Disqus Shortname

Comments system