पशु होस् या मानिस, लाश एउटै लाग्छ
सेकुवा र चिता को, वास एउटै लाग्छ
पराइ भन्छन्, आफ्नो भन्छन् , अन्योल मा पर्छु
मलाई त सारा संसार, खास एउटै लाग्छ
पुतलीको चाहना होस् या माथि पुग्ने लालस
बालक या ठुलाले गर्ने, आश एउटै लाग्छ
आफै भित्र छ पानि, पछ्याउछ अर्को बादल
त्यो बादलको र मेरो, प्याश एउटै लाग्छ
फेरि सुन्यतामै, बिलाई जाने छ सब
कसैको रबाफ र, बताश एउटै लाग्छ
जब आमाको गाला र माटो सुम्सुमाउछु
ति दुवै बाट आउने, आभास एउटै लाग्छ
- Pramod K.C.
सेकुवा र चिता को, वास एउटै लाग्छ
पराइ भन्छन्, आफ्नो भन्छन् , अन्योल मा पर्छु
मलाई त सारा संसार, खास एउटै लाग्छ
पुतलीको चाहना होस् या माथि पुग्ने लालस
बालक या ठुलाले गर्ने, आश एउटै लाग्छ
आफै भित्र छ पानि, पछ्याउछ अर्को बादल
त्यो बादलको र मेरो, प्याश एउटै लाग्छ
फेरि सुन्यतामै, बिलाई जाने छ सब
कसैको रबाफ र, बताश एउटै लाग्छ
जब आमाको गाला र माटो सुम्सुमाउछु
ति दुवै बाट आउने, आभास एउटै लाग्छ
- Pramod K.C.
No comments:
Post a Comment