Sunday, June 8, 2014

गजल पनि तिम्रै लागि हो

यो जिउँदो लाश तिम्रै लागि हो
यो मान्छे खास तिम्रै लागि हो

तान तुन गज़ल बनाएर मैले
लेखेको बकवास तिम्रै लागि हो

आफ्नो लागि म बाच्न छोडी सकें
मैले फेरेको साश तिम्रै लागि हो

तिम्रो सिन्दुरको ताज, हुन नपाएपछि
कबुल होस् यो दास तिम्रै लागि हो

यो भमरोले लाख फूल, त्यागि त्यागि
साँचेको प्यांश तिम्रै लागि हो

- प्रमोद भन्ने मान्छे

No comments:

Post a Comment

Disqus Shortname

Comments system