Tuesday, May 20, 2014

सानी नानी (kabita)

सानी सानी नानीको
सानो सानो हातमा
घैंटो किन पानीको?
डोका किन साथमा ?

पुतलीको ठाउँमा
सानो भाई खेलाउछिन
बाध्यताको घाउमा
आफैंलाइ भुलाउछिन

झलुङ्गो संगै झुल्चिन
अनकन्टार रातमा
घैंटो किन पानीको?
डोका किन साथमा?

प्यारो हातले भाइले
प्यारो कपाल तानिदिन्छ
ऋष उठ्यो भने
ढुंराले हानिदिन्छ

तर त्यसै हान्सिदिन्छिन
मिठास किन बातमा?
घैंटो किन पानीको?
डोका किन साथमा?

कपुरी क भाई भन्छ
कुखुरी काँ भन्छे उ
भाई अब्च्द भन्छ
हांसी हांसी मर्छे उ

कहिले काहीं टोलाउछे
किताबको खातमा
घैंटो किन पानीको?
डोका किन साथमा?

Pramod K.C.
30th june 2012

No comments:

Post a Comment

Disqus Shortname

Comments system