Sunday, May 18, 2014

saint in love (gajal)

तिम्रो अँगालो त, मन्दिर हो

नत्र सारा संसार, जन्जिर हो



मलाई पाउनु तिम्रो, दुर्भाग्य होला

तिमीलाई पाउनु मेरो, तकदिर हो



मेरो निर्दोष दिललाई के दोष?

दोषी त त्यो नजरको, तिर हो



जति पिडा, दिए पनि हुन्छ 

तिम्रै लागि बनेको, सरिर हो



एक चुम्बन भिक्ष्या मा मिल्छ कि?

तिम्रै प्रेमको म एक, फकिर हो

Pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system