यहाँ सबैको आफ्नै बिचार छ
हरे यो दुनिया लाचार छ
सबैले भन्छन मै बुद्ध मै बुद्ध
दिमाग मा गोबरको अचार छ
यहाँ गुंगोले सोच्छ बोल्न जान्याछु
ढेब्रोले सोच्छ उ समजदार छ
बुद्धि मा बिर्को लाग्या छ सबको
सबैको उस्तै बेवहार छ
मेरो लागि त त्यो बुद्धिमानी
जसले संसार सब्द मा उतार्छ
हुल लाइ हुल बाट नियाल्न मिल्दैन
त्यसले देख्छ जो अलि पार छ
दिमागको कैद बाट मुक्त भै हेर
यो संसारको एकोहोरो रफ्तार छ
बाचुन्जेल बाच्न बिर्सिदैछन सब
कुन्नि कहाँ पुग्नलाई हतार छ
यो दुनिया त कति सरल छ
आफै भित्र जेलिएको संसार छ
त्यसैले उतार अनि हल्का हौ
स्वार्थ र अभिमानको जुन भार छ
तिमि आफैमा एउटा देश हौ
आफैभित्र निरङ्कुश सरकार छ
आफै हौ जिम्मेबार आफ्नो लागि
छिमेकि किन जिम्मेबार छ ?
होइनौ राजा छैनन् तिम्रा रैती
भत्काउ अभिमानको जुन दर्बार छ
जहाँ छैन तैं राजा मै राजा
त्यहीं आनन्द अपार छ
प्रमोद के.शी.
No comments:
Post a Comment