Sunday, October 18, 2015

तिम्रो उपस्थिति

तिमि यस्तो थोपा जसमा सिंगो सांगर अटाउछ,
तिमि यस्तो ज्योति जसको अघि सुर्य बिलाउछ

आउंदै गर,
किनकि तिम्रो उपस्थिति
अकस्मात मेरो मनको चारैतिर टेको अनि बस्छ,
अनि बल्ल थाहा हुन्छ मेरो मन चर्कदै थियो|
आगोको बानि परिसकेको म मा चिसो बताश पनि पस्छ,
अनि बल्ल सितलताको अस्तित्व बोध हुन्छ |

आउँदै गर,
तिमि भित्र बाट आउने आभाका किरण मार्फत
मलाई photosynthesis गर्न देउ,
धेरै भयो मेरो आत्मा भोकै रहेको,
आझ तिम्रो आभास मार्फत यसलाई तृप्त हुन देउ |

आउँदै गर,
तिम्रो उपस्थिति एउटा ऒत बनि आउँछ,
अनि बल्ल थाहा हुन्छ म अशिना पानीमा रुज्दै थिएँ |
तिमि अकस्मात मैले हराएको बस्तु सरि आउँछौ,
अनि बल्ल थाहा हुन्छ मैले केहि खोज्दै थिएँ |

यस्तो लाग्छ हामि बीच एउटा अदृश्य तार छ |
अनि ति तार बीच संवादको आफ्नै रफ्तार छ |
तिम्रो उपस्थितिले मेरो मुख मा पट्टि लाउछ,
र मनको ऒठ फतफताउन थाल्छ |

पर्ख!!!
एकैछिन यो आँखाले तिम्रो चल्द्रिस्य पिउन देउ,
यी आँखाका माध्यम बाट यो दिल रुझाउन देउ |
तिमि कसरि हेर्छौ, कसरि बोल्छौ, कसरि हिड्छौ
यी सब मेरा सम्झनाका रेफ्रीजिरेटर भित्र कैद हुन देउ |

किनकि जसरि पृथ्वीले चन्द्रमालाई हुलाकी बनाएर,
सुर्यको धिपधिपे प्रकाश रातमा पनि लिन्छ |
त्यसरीनै तिमि गए पश्चात येही सम्झना मार्फत ,
तिम्रा मलिन आभा म लिईराख्छु |

यस्तो भन्दा तिमि यस्तो भन्थेउ,
तिमि यस्तो गर्थ्येउ इत्यादि ...

किनकि तिमि फेरी जान्छौ,
जसरि त्यो डाँडाको इन्द्रधनुस आँखालाई लोभ्याएर जान्छ ,
जसरि जाडोको रापिलो घाम ताप्न नपुग्दै अस्तायेर जान्छ,
किनकि म सितारालाई केवल देख्छु तर अंकमाल गर्न सक्दिन,
तेसैले यी आँखा भरि जति अटाउछन, अटाउन देउ|

अनि आउँदै गर,
तिमि भित्र बाट आउने आभाका किरण मार्फत
मलाई photosynthesis गर्न देउ ,
धेरै भयो मेरो आत्मा भोकै रहेको,
तिम्रो आभास मार्फत यसलाई तृप्त हुन देउ|
~Pramod~


No comments:

Post a Comment

Disqus Shortname

Comments system