ए साथि तिमि कहाँ छौ?
याद छ नि हिजो हामीले
मिलिजुली
खाएको दाँते ओखर,
दाँतले फुटाइ फुटाइ
ओखर नै ओखर थियो पोल्टो भरि,
अनि भुइँभरि छरिएको.
कसले धेरै टिप्ने भनि
होड बाजी झैं गरिएको।
तर फुटाउदा फुटाउदै दाँत दुख्न थालेको
ओखर पनि घांटीमा कोक्किन थालेको
तर,
त्यसले रोकेन फुटाउन,
बानि झैं पर्न थाल्यो खान पनि,
भोक लाग्न त छोडिसकेको थियो
खाइन्थ्यो प्रतिस्प्रदाको भावले
सायद हामीलाई रोकिनै आएन
सायद हामीलाई यसको सिमाना थाहा भएन
मिठासको हद तोडेर
फुटाउन ओखर नछोडेर
रुदै फुटाइ रह्यौ
ओकल्दै खाई रह्यौ
ओखर त मिठो हुनु पर्ने
तर किन तितो भयो साथि ?
ए साथि तिमि कहाँ छौ?
याद छ नि हामीले मिलिजुली
जिएको त्यो "हिजो"
भोलिको प्रतिक्ष्यामा
भोलिको मिठो कुर्न नसकी
आजलाई तितो मान्दै
घुट घुट पिएको
र भोलिको मिठास कल्पेको
तर लाखौ हिजो बनिसकेका भोलिहरु पनि
किन तितै रह्यो ?
मिठो किन आएन ?
कुकुरले आफ्नै पुछार टोक्न रिंगे सरि
कतै हामि रिंगी रह्यौं कि ?
नभेटिने पुछारको पछि पछि
नियतिलाई दोष दिदै
तितो मान्दै हिडेको त्यो लामो यात्राको टुप्पोमा
कतै मिठो जस्तो लाग्ने मिराज देखेउं कि?
सायद आझलाइ हतारिदै पिउँदा
त्यसको स्वाद लिनै भुलेम कि?
नत्र ओखर त मिठो हुनुपर्ने
तर किन तितो भयो साथि?
ए साथि तिमि कहाँ छौ?
याद छ नि त्यो हिजो हामीले
एकअर्कालाई बुझ्न खोज्दैमा सक्काएको
एकअर्कालाई बुझाउन खोज्दैमा भत्काएको
तर कसैको राम्रोपन चाख्न
ओखरको खोल जस्तो कडापन चिर्दै जानु पर्थ्यो
तर कोहि संग आश गरेको
अनि आश बमोजिम बिस्वास नपाएको
आँखा चिम्लेर आफ्नो मुटु
अरुको हातमा थमाएको
अनि फेरि मुटु कोतारिदेको आबेगमा जर्जराएको
अरुको राम्रोपन नजर अन्दाज गरि
आफुलाई अति जाति देखेको
अरुको सहयोगलाई कर्तव्य ठानी
आफ्नो चाहिं गाडा अक्षरले लेखेको
त्यसैले सायद ओखर जस्तो मिठो सम्बन्द
एउटा प्रश्न चिन्हमै तितो छोडिएको
अनि लाखौ स्नेहले बनेको बाँद
एउटै असमज्दारिले गर्दा तोडिएको
मनमा सधै किन घाउ भै रह्यो ?
सायद त्यो मनमा गहन बिचार थिएनन्
अनि बिचार सधै किन घायल भैरह्यो ?
सायद बिचारमा मन मिल्नै सकेनन
नत्र ओखर त मिठो हुनु पर्ने
तर किन तितो भयो साथि?
ए साथि तिमि कहाँ छौ?
र म कहाँ छु,
तर आझ सोध्न मन लाग्यो
कि त्यो ओखर तेही रफ्तारले फुटाइ रहेछौ?
कि पियिरहेछौ?
"आझ" हरुलाई नाक थुनी घुटुक्क
भोलिलाई मिठासले पिउन?
कि अझै तौली रहेछौ ?
मनको ब्यापारको नाफा र घाटा
कि गनिरहेछौ कोतारियेका मनका दाग हरु?
कि सिकिरहेछौ मैले जस्तै
रफ्तारलाई आरमले रोक्न
आझलाइ सुरुप सुरुप स्वाद लिदै पिउन ,
बिचारले मनलाई हेर्न
बिचारलाई मनले हेर्न
किनकि ढिला कहिले हुन्न रे,
अनि ओखर त सधै मिठो हुन्छ रे ।