Saturday, December 12, 2015

गज़ल


उसले हावा सम्झेर अंगालेको थियो, तर म पानि थिएँ
उसले ढुंगा ठानेर गालेको थियो, तर म पानि थिएँ

म अण्डा थियिन टुट्नलाइ, बिशाल झरना बनि निस्किएँ
भीरबाट मलाई धकालेको थियो तर म पानि थिएँ 

मलाई दाग सम्झेर मेट्न खोज्यो, तर उसको केहि लागेन 
किनकि पानिलेनै पखालेको थियो, तर म पानि थिएँ

ब्यर्थ चिनेझें गरि मलाई, उसले आफैलाई झुक्क्यायो
तेल सम्झेर ज्योति बालेको थियो, तर म पानि थिएँ

उसका तमाम कोसिशहरुले, मेरो अस्तित्व नै बाफियो
उसले फलाम ठानेर पगालेको थियो, तर म पानि थिएँ 

आफ्नो कांया छोडेर म, फेरि नया हुन सक्दथें
उसले नाली सम्झेर फालेको थियो, तर म पानि थिएँ 

प्रमोद

No comments:

Post a Comment

Disqus Shortname

Comments system