Tuesday, December 29, 2015

कोठा / जिन्दगि



रिसर्चरको डेक्सटपमा छरिएका आइकन जसरिनै
छरपस्ट लुगा चारैतिर
टुक्रिएका सपना जस्ता साना साना टुक्रिएका कागज
चारैतिर छरपस्ट , लथालिङ्ग
चाउरी परेका बुढेसकालका गाला जस्तै
चाउरी परेका तन्ना
त्याही माथि घोप्टो परेर रुन लागेको बच्चा जस्तै
गुजुल्टो परेको शीरक

यस्तो लाग्छ मेरो कोठा जस्तै लथालिङ्ग छ मेरो जिन्दगि
लाग्छ मेरो कोठा नै मेरो जिन्दगीको अनि मनको हालको portray हो

एकठाउँ मिलायो, अर्को ठाउँ बिग्रिहाल्छ
अर्को ठाउँ मिलायो, फेरी अर्को ठाउँ
तेसैले सधै ढोका थुनेरै बस्न मन लाग्छ
कोठाको/दिलको
यौटा रहस्य नै होस् जस्तो लाग्छ

हुनत कहिले कहीं पाउना आकल झुक्कल छिरी हाल्छन
मिलाए झैं गरेर टारीदिन्छु
जसरि मनका चित्कारहरुलाई म,
मुस्कान ले ढाकीदिन्छु

तर कहिलेकाहीं मम्मी थाहै नदि कोठामा पस्नु हुन्छ
अनि बेलुका म घर आउँदा कोठा पुरै परिवर्तन भैदिन्छ
ओछ्यान तन्नक तन्किएर मिलेको बच्चाको पुकुले गाला जस्तो
अनि तेही माथि शीरक, हरिया फाँट बाट देखिने मुस्कुराई रहेको हिमाल जस्तो
कोठा मन्दिर जस्तो लाग्छ
जस्तोकि परि आएर जादुको छडी घुमाए जस्तो
अनि सोच्छु
मेरो जिन्दगीमानी थाहै नदि कोहि छिरे हुने नि
मनको सबै लथालिङ्ग तह लगाउने ;)

No comments:

Post a Comment

Disqus Shortname

Comments system