Saturday, October 7, 2017

****ढ्याप्पा २****

आझ लुकामारी खेल्न मन लाग्यो,
म हराउछु, तिमि मलाई भेटाउ ।
म टाँकुरा मा लुक्दा,
तिमीले मलाई भन्ज्यांगमा खोज्नु। 
म घाँसेमैदानमा पल्टिदा,
तिमि मलाई मरुस्थलमा खोज्नु।
कहिले कहीं मलाई भेटाइन मनपर्दैन,
यसै हराउन मन लाग्छ।
त्यसैले तिमि मलाई टाकुरामा खोज्न आउदा,
म झरना बनेर हाम्फालिदिन्छु।
तिमि मलाई घासेमैदान मै खोज्न आउँदा,
म मृग बनेर भागीदिन्छु।
जब खस्दा खस्दै,
भाग्दा भाग्दै,
मलाई फेरि भेटाइन मन लाग्छ,
म तिम्रो अगाडी आफै आउछु।
ढ्यप्पा पनि भन्दिन,
तिमीले मलाई गन्नु
तिमिनै मलाई जित्नु
अनि लुक्ने पालो तिम्रो आउछ,
म तिमीलाई लुक्न दिन्छु,
मन खोलेर लुक्नु,
मन खोलेर हराउनु,
मलाई था छ,
कहिले काहीं यसै हराउन मन लाग्छ।
आफ्नो समय लिनु,
अनि फेरि आउनु,
म आँखा चिम्लेर बस्छु।
अनि रातलाइ बिहानीले,
ढ्याप्पा भने जसरि।
कहाली लाग्दो सपनालाई ,सुनौलो बिपनीले
ढ्याप्पा भने जसरि।
प्यांसी गलालाइ पानीले,
ढ्याप्पा भने जसरि।
ढ्याप्पा भन्नु...

गल्ति त गरिननि?

गल्ति त गरिन नि?
मेरो पंखेटा फिजाउदा
कसैलाई बिजाउँदा
बेपर्वाह भइ
आफ्नो पिंजडा फोडी
खुल्ला आकाश अंगाल्दा
म द्रोही त भइननि?
मैले गल्ति त गरिननि?
भावनामा नअल्झिएर
म माथि बसेको कसैको आश लाई
टकटकायेर, झारेर
मेरो गलामा बादिएको सिक्री
फुकालेर
म आजाद बनेर
प्रलय त ल्याईननि?
मैले गल्ति त गरिननि
कसैको ब्रत नबसेर
कुनै नियम नपुजेर
कसैको चासो नदिएर
फोक्सो भरि सांस भरेर
अनि फेरि निस्फिक्री फालेर
कसैको भाग त खोसिननि?
मैले गल्ति त गरिननि?
भविस्यको कुनै नक्सा नकोरेर
फिरन्तेझैं , फकिरझैं हिडेर
कसैको पन्जा मा नपरेर
आफैलाई हावा संग बग्न दिएर
कसैको घर त बिगारिननि?
मैले गल्ति त गरिननि?
कहिले यस्तो मौन रहेर कि
कसैको सम्बाद म बाट ठोकिएर
बाहिर आउने नदिएर
जे आउछ सोषी रहेर
म जे छु
त्यहि रहेर
म सोशक त भइननि ?
मैले गल्ति त गरिननि?
दुइ ओठलाई तन्काएर
सिमा बिहिन मुस्कान लगाएर
दुइ हात तन्काएर
सिमा बिहिन अंगडाइ लिएर
कसैको सिमाना त मिचिननि?
मैले गल्ति त गरिननि?
यो गल्ति नै हो भने पनि
गल्ति कै नशा लागेर
कसले के भन्छ नसोची कन
फिस्स दांत देखाई
गल्ति गर्ने गल्ति गरिरहेकोमा
म अपराधि त भइननि ?
मैले गल्ति त गरिननि?

समय

समय पात झैं बन्दै छ,
अनि पात झैं सुकेर झर्दै छ।
म त्यहि सुकेर झरेका समयहरुमा लम्पसार परेर पल्टेको छु,
मेरो आँखा मा अझै हरिया पात हरु चलिरहेचन बनिरहेछन।
एकदिन यो रुख मर्ने छ,
मेरा समय हरु सब सक्किने छन्।
मलाई याद छ,
यौटा समयमा सपना रुपी चरी उडेर आएको थियो।
मेरो समयलाई सुनौलो पंखा दिने बाचा गरेको थियो।
केहि समयहरु सापटी मागेर गुँड लगाएको थियो ।
अनि फेरि उडेर गयो,
ति समय पनि ओइलायेर झरे।
एक पल को कुरा हो, बेगले बताश चलेको थियो,
मेरो समयलाई गज्जब को उडान दिने बाचा गरेको थियो ,
तेही संग बगेको थिएँ ।
हरियैमा भुइंमा झरेको थिएँ ।
एक समयको कुरा हो,
गज्जब को झरी परेको थियो,
धमिलो धमिलो लाग्ने समयहरु पखालेर हरियै पारेको थियो।
तर त्यो पनि केहि पल को थियो।
आझ सपना देख्न छोडेर बस,
सुकेर झरेका समयका पत्ताहरु माथि ,
लम्पसार परेर हेर्दै छु।
समय पात झैं बन्दै छ,
अनि पात झैं सुकेर झर्दै छ,
एकदिन यो रुख मर्ने छ,
मेरा समयहरु सब सक्किने छन्.....

****ढ्याप्पा****

अनि फेरि सुत्ने समय आउछ
अनि यो पल सम्मका
सम्झना हरु, सपना हरु,
चडी सकेको खुड्किला
चड्न बाँकी खुड्किला
खुम्चिएका सम्बन्ध हरु
सक्कियेका सम्बन्द हरु
बिस्तार हुदै गरेका सम्बन्द हरु
पिर र सुर्ताहरु
अनि दिमागमा उफ्रिरहेका यस्तै अनगिन्ति सुचीहरु
कोठाको ढोका छेउ छोडेर
लुकामारी खेल्दै ,
खाटमाथि लुक्न जान्छु,
गुटुमुटु परेर लुक्छु।
कुनै सूचीले सपना मै भेटाउँछन,
बाँकी बिहान आँखा खोल्ने बित्तिकै,
एक्कैचोटि,
ढ्याप्पा गर्न आउँछन्।

गजल

तिम्रो मुहार बिस्तारै, खास लाग्दै छ 
बादल लाग्थ्यो आझ ,आकास लाग्दैछ
त्यो धारिलो तिम्रो, नजर हो कि हतियार
काँडे तार बरु मलाई, कपास लाग्दै छ
आउने बित्तिकै कहाँ, जाने कुरा गर्छौ?
यहाँ फोक्शोमा बल्ल त, स्वांस लाग्दैछ
जब आशको ज्योति, मनमा जगाउछु
तब लाग्छ ठुलो ठुलो, बताश लाग्दैछ
लाग्थ्यो आश मरी, म लास बनिसके
आझ फेरी कसैको, आश लाग्दै छ
म मा भरिएर छाल्किदैछ्न, मायाका सर्वत
तिम्रा ओठ पनि मलाई, गिलाँस लाग्दै छ

केहि नमाग

केहि नमाग,
उसको मायामा भिझे पनि,
पानीमा भिजे जसरि भिझ |
ता कि उसको माया बर्सिन छोड्दा,
केवल पानि पर्न छोडेको जस्तो होस्|
पानि पर्न छोड्दैमा पिडा कस्तो?
केहि नमाग,
जे दिन्छ, उपहार सम्झेर लेउ |
उपहार संग बानि कस्तो?
जब उसले दिन छोड्छ,
उपहार न रोकिन्छ,
उपहार खाँचो हुने बस्तुमा पर्दैन |
त्यसैले त्यसले पिडा ल्याउदैन |
केहि नमाग,
उ हरेक चोटी आउँदा,
यौटा मिजासिलो बटुवा आए जसरि हेर |
उसलाई हरेक चोटी देख्दा,
पहिलो चोटी देखे जसरि हेर |
अनि पहिलो चोटी देखेको मान्छे संग लगाव के को?
माया मै परे पनि, पिडा के को?
केहि नमाग,
उसका हरेक बाचाहरु,
कुनै संस्कृतको मन्त्र सम्झेर सुन,
अर्थ नकेलाईकन,
त्यसमै लिन बन, त्यसमै ध्यान गर,
तर, अर्थ नकेलाईकन |
एकदिन टक्क रोकियो त के,
मन्त्र बन्द हुदैमा कस्तो पिडा?
केहि नमाग,
उसलाई पाउने सपना त देख,
तर उसलाई,
बजारका सुन्दर महँगो सामान जसरि हेर |
सुनपसलका आभुसन जसरि हेर,
जुन लिनलाई गछ्य छैन,
तर हेर्नलाई आनन्द छ |
सपना देख्नलाइ पनि महँगो छैन,
अनि टुटेपनि सपना, पिडा छैन |
जब माग्न थाल्छौ नि,
स्तब्द हुन थाल्छौ |
त्यसैले केहि नमाग,
अनि पाए पनि केहि,
आस्चर्यचकित हुन्छौ,
स्तब्द त हुदैनौ |

अहिले हैन

म चर्किएर टुट्न तयार हुदै थिएँ
भुइँहरु मलाइ थाप्न अघि बढ्दै थिए
मैले भने
"अहिले हैन"
म टुट्ने छु गुरुत्वाकर्स छलेर
म टुटेर झरुं त आकासमा
जहाँ म केवल खसिरहने छु
जहाँ सिमा बिहिन उडान हुने छ
जहाँ खस्दा खस्दै
यो सिमा बिहिन अन्तरिक्छ्यमा
मेरा अम्श हरु टक्क अडिने छन
जहाँ मेरा अंश हरुको छुट्टै सौर्य मण्डल बन्ने छ
जहाँ मेरा अम्श हरु पिण्ड बनेर मेरै वरिपरि घुमिरहने छन्
ऐले हैन , ऐले हैन
म पग्लिन तयार हुदै गर्दा
घाम हरु मलाइ बफ़ाउन अघि बढ्दै थिए
मैले भने 
"अहिले हैन"

म पग्लिने छु त हिमनदी बनेर 
जति झरे पनि नसकिने गरि
जति बाफिये पनि रहिरहने गरि
जहा बग्दा बग्दै म बिराट रुप लिने छु
जहाँ खस्दा खस्दै म झरना हुने छु
कैयौं प्यास लाइ फुकेर निभाए पनि
कैयौं चट्टान मा फुल फुलाए पनि
कैयौं आँखालाई मैले लोभ्याए पनि
सारा जग को मैलो पखाले पनि
म पग्लिरहने छु, बगीरहने छु
त्यसैले म टुट्नेछु
म पग्लिने छु
तर ऐले हैन, ऐले हैन

Disqus Shortname

Comments system