Saturday, October 7, 2017

अहिले हैन

म चर्किएर टुट्न तयार हुदै थिएँ
भुइँहरु मलाइ थाप्न अघि बढ्दै थिए
मैले भने
"अहिले हैन"
म टुट्ने छु गुरुत्वाकर्स छलेर
म टुटेर झरुं त आकासमा
जहाँ म केवल खसिरहने छु
जहाँ सिमा बिहिन उडान हुने छ
जहाँ खस्दा खस्दै
यो सिमा बिहिन अन्तरिक्छ्यमा
मेरा अम्श हरु टक्क अडिने छन
जहाँ मेरा अंश हरुको छुट्टै सौर्य मण्डल बन्ने छ
जहाँ मेरा अम्श हरु पिण्ड बनेर मेरै वरिपरि घुमिरहने छन्
ऐले हैन , ऐले हैन
म पग्लिन तयार हुदै गर्दा
घाम हरु मलाइ बफ़ाउन अघि बढ्दै थिए
मैले भने 
"अहिले हैन"

म पग्लिने छु त हिमनदी बनेर 
जति झरे पनि नसकिने गरि
जति बाफिये पनि रहिरहने गरि
जहा बग्दा बग्दै म बिराट रुप लिने छु
जहाँ खस्दा खस्दै म झरना हुने छु
कैयौं प्यास लाइ फुकेर निभाए पनि
कैयौं चट्टान मा फुल फुलाए पनि
कैयौं आँखालाई मैले लोभ्याए पनि
सारा जग को मैलो पखाले पनि
म पग्लिरहने छु, बगीरहने छु
त्यसैले म टुट्नेछु
म पग्लिने छु
तर ऐले हैन, ऐले हैन

No comments:

Post a Comment

Disqus Shortname

Comments system