Saturday, October 7, 2017

गल्ति त गरिननि?

गल्ति त गरिन नि?
मेरो पंखेटा फिजाउदा
कसैलाई बिजाउँदा
बेपर्वाह भइ
आफ्नो पिंजडा फोडी
खुल्ला आकाश अंगाल्दा
म द्रोही त भइननि?
मैले गल्ति त गरिननि?
भावनामा नअल्झिएर
म माथि बसेको कसैको आश लाई
टकटकायेर, झारेर
मेरो गलामा बादिएको सिक्री
फुकालेर
म आजाद बनेर
प्रलय त ल्याईननि?
मैले गल्ति त गरिननि
कसैको ब्रत नबसेर
कुनै नियम नपुजेर
कसैको चासो नदिएर
फोक्सो भरि सांस भरेर
अनि फेरि निस्फिक्री फालेर
कसैको भाग त खोसिननि?
मैले गल्ति त गरिननि?
भविस्यको कुनै नक्सा नकोरेर
फिरन्तेझैं , फकिरझैं हिडेर
कसैको पन्जा मा नपरेर
आफैलाई हावा संग बग्न दिएर
कसैको घर त बिगारिननि?
मैले गल्ति त गरिननि?
कहिले यस्तो मौन रहेर कि
कसैको सम्बाद म बाट ठोकिएर
बाहिर आउने नदिएर
जे आउछ सोषी रहेर
म जे छु
त्यहि रहेर
म सोशक त भइननि ?
मैले गल्ति त गरिननि?
दुइ ओठलाई तन्काएर
सिमा बिहिन मुस्कान लगाएर
दुइ हात तन्काएर
सिमा बिहिन अंगडाइ लिएर
कसैको सिमाना त मिचिननि?
मैले गल्ति त गरिननि?
यो गल्ति नै हो भने पनि
गल्ति कै नशा लागेर
कसले के भन्छ नसोची कन
फिस्स दांत देखाई
गल्ति गर्ने गल्ति गरिरहेकोमा
म अपराधि त भइननि ?
मैले गल्ति त गरिननि?

No comments:

Post a Comment

Disqus Shortname

Comments system