Sunday, December 3, 2017

गुनासो

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
कि त कौसीमा बसेर आकास तिर टोलाउँछु।
कि त ढोका बन्द राखी सिमाना कोरिदिन्छु।

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
घर मै भएर पनि घरमा नहुने कस्तो,
महिनाको एकदिन झुल्किने पुर्णिमा जस्तो।

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
बसे पनि संगै,मोबाइल चलाई,
हामि हुनु नहुने ले फरक पर्दैन तलाई।

तर म यो कहिले भन्न सक्दिन,
फरक पर्छ,
हजुरले साँझ बत्ति बालि,
नेपाली एसेन्टमा हिन्दि भजन गाउँदाको आवाज संगै,
मैले हेर्ने सुर्यास्त,
र घर सुनसान हुदा हेर्ने सुर्यास्तमा,
फरक पर्छ,
त्यो सुर्यास्तमा त्यहि गहकिलो रंग हुदैन।


ढोकै लगाएर बसे पनि,
हजुर र ड्याडिको गुनगुन सुन्दै एक्लै कोठामा बस्नु,
र घरमा कोहि नहुदा एक्लै कोठामा बस्नुमा,
फरक पर्छ,
त्यति बेला म साच्चिकै एक्लै महसुस गर्छु।

मैले यो कहिले भन्न सकिन,
मोबाइल मै टाउको नुगाये पनि,
मेरो अन्तरमनले.
हजुरले कातेको बत्ति र हजुरलाई हेरिरहेको हुन्छ।
ओठले कम बोले पनि,
हृदयले हजुरको साथ् महसुस गरि रमाइरहेको हुन्छ। 

जब राति सुत्छु,
यो कोठाको भित्ता पारि,
हजुरहरु हुनुहुन्छ भन्ने भावले,
मनलाई न्यानो बनाइदिन्छ।

फरक पर्छ...

घरमा कोहि नभएको दिन,
म ढोका खोलेरै बस्छु, हजुर आउने समय कुरेर,
कौसिमै निक्ले पनि आउने बाटोमा हेरेर बस्छु,
मोबाइल नै चलाए पनि फोन गर्न चलाउँछु,

म एक्लै बस्न रुचाउँछु, तर हजुरकै वरिपरि....



सुनामी

म आफैलाई भक्कानिन बाट रोक्दै थिएँ, 
तर समुन्द्र बनिसकेका आँखा
सुनामी बनेर किनार तिर लम्किदै थिए, 
दौडिदै कतै एकान्तको खोजिमा पुगेँ.
यसरि आझ पनि एउटा सुनामी 
चुपचाप आएर गयो,
कसैलाई पत्तो नदि।


सजाय

खामोसीमा यति धेरै तागत हुन्छ,
सब्दले संघार गर्न नसकेको तागतहरुलाई,
क्षण भरमै निर्बल तुल्ल्याइदिन्छ।
वचनको पोखरीमा पौडिन नपाएको माछाको मन,
प्याक प्याक भएर मर्न सक्छ।
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर।
म फु गर्दैमा दूर हुने मान्छे,
म जाउ भन्दैमा हराउने मान्छे,
यति कठोर सजाय मलाई बढी हुन्छ।
मेरो घायल मनमा निशाना के सांद्छौ?
लाश लाइ कति चोटी मार्छौ?
आफ्नै कठघरामा जन्मकैद मलाई,
सजाँय के सुनाउछौ?
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर ।
म त सामान्य तापक्रम मै पग्लिने मान्छे,
म त सामान्य हावा संगै हल्लिने मान्छे,
यति कठोर सजाय मलाई बढी हुन्छ।
एउटा गाग्रीमा, समुन्द्र जति दण्ड
खनाएर के गर्छौ?
म भगेरको प्वाँखलाइ, यति ठुलो चिता
सजाएर के गर्छौ?
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर ।

श्रापित

चन्द्रावतीले अन्न हात मा लिदा माटो भएछ
माटो पनि खान खोज्दा ढुंगा भएछ
ढुंगा भए नि खान्छु भन्दा
खरानी भएछ
खरानी पनि खान खोज्दा
हावाले उडाएर लागेछ

तिमीलाई पाउने साहस गर्दा
घरि माटो भयेउ
घरि ढुंगा भयेउ
घरि खरानी भयेउ
तेही पनि अङ्गाल्न खोज्दा
हावाले उडाएर लग्यो

चन्द्रावती जस्तै, म पनि श्रापित
ब्रत कसको बसुम?

Disqus Shortname

Comments system