Sunday, December 3, 2017

सजाय

खामोसीमा यति धेरै तागत हुन्छ,
सब्दले संघार गर्न नसकेको तागतहरुलाई,
क्षण भरमै निर्बल तुल्ल्याइदिन्छ।
वचनको पोखरीमा पौडिन नपाएको माछाको मन,
प्याक प्याक भएर मर्न सक्छ।
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर।
म फु गर्दैमा दूर हुने मान्छे,
म जाउ भन्दैमा हराउने मान्छे,
यति कठोर सजाय मलाई बढी हुन्छ।
मेरो घायल मनमा निशाना के सांद्छौ?
लाश लाइ कति चोटी मार्छौ?
आफ्नै कठघरामा जन्मकैद मलाई,
सजाँय के सुनाउछौ?
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर ।
म त सामान्य तापक्रम मै पग्लिने मान्छे,
म त सामान्य हावा संगै हल्लिने मान्छे,
यति कठोर सजाय मलाई बढी हुन्छ।
एउटा गाग्रीमा, समुन्द्र जति दण्ड
खनाएर के गर्छौ?
म भगेरको प्वाँखलाइ, यति ठुलो चिता
सजाएर के गर्छौ?
खामोसीमा यति धेरै तागत हुन्छ,
यसको प्रयोग सहि ठाउँ मा गर ।

No comments:

Post a Comment

Disqus Shortname

Comments system