Wednesday, January 27, 2016

म हुँ

कुन ढक राखेर तौलिदैछौ मलाई?
कुन मोलमा मौलिदैछौ?
मेरो मुस्कानलाई किन तिमि
कुनै अर्थमा लिदैछौ?

मेरो कुन आभेष हुँ र म?
मनको कुन आवेग हुँ ?
मेरो कुन बेलाको बचनले म
तिम्रो बैचारिक साभार हुँ?

कुन मुर्ति संग मिलाउदैछौ मलाई ?
कुन धर्म संग सिलाउदैछौ?
प्याला भनेर आफुलाई यस्तो,
कुन बिष पिलाउदैछौ ?

मेरो क्रियाकलापमा किन यौटा
डाचा खोजिरहेछौ ?
मलाई अशल भनि, हुने पर्ने
बाद्यता दियिरहेछौ

कुन दिन जुराई तिमीले मेरो
के नाम राख्न पुगेउ ?
कहिले शीत, कहिले ताप,
कहिले घाम राख्न पुगेउ

कुन हावामा कोर्दैछौ तिमि
मेरो परिवर्तन्सिल चित्र ?
म होइन तिम्रो नशाको तरङ्ग,
म हुन्न बिचार भित्र

म को हुँ र? केवल हुँ
मेरो के परिचय दिन्छौ?
मैले चिन्न नसकेको मलाई,
तिमीले कसरि चिन्छौ?

Wednesday, January 20, 2016

सम्झिरहन्छु

सम्झिरहन्छु
जसरि खोलि बगेका धर्षाहरु,
माटोले आफ्नो हृदयमा छाप्छ।
ताकि खोलि सुकिसक्दा पनि,
धर्सा त्यहीं  रहिरहन्छ।
उ हुदै जाने मुसाफिरले भन्न सक्छ,
कुनैदिन यहाँ नदि थियो ।।

सम्झिरहन्छु
जसरि आकाशले,
लाखौँ प्रकाशवर्ष पहिले खसेका ताराहरुलाई,
जिवन्त बनाइ अझै आफैमा चम्काईरहन्छ।
देखाईरहन्छ कुनैदिन,
ति उसकै अंगालोमा थिए।।

सम्झिरहन्छु
जसरि नवजोडि पंछिले,
बसाईं सराइको ऋतु सम्झिन्छ।
जसरि गौंथलीले बर्सौं पछि पनि ,
आफ्नो गूंड बिर्सिन्न।
जसरि फुलले आफ्नो ऋतुलाई चिनेर,
स्पर्स गर्न फुल्छ।।

सम्झिरहन्छु
जसरि पत्रे चट्टानले,
जीव लाइ जिवाश्म बनाइ,
आफै भित्र समाहित गरे जस्तो।
बर्षाले बर्सिन नबिर्से जस्तो।
इन्द्रेनिले रंगीन सम्झे जस्तो।।

सम्झिरहन्छु
जस्तोकि सम्झिनु स्वांश फेर्नु जस्तो ।

Saturday, January 2, 2016

सक्ने भाको भए

सक्ने भाको भए म चप्पल हैन, ढुंगालाई कपाश बनाइदिन्थे
सक्ने भाको भए म लुगा हैन,  लाज लाइ नै भगाइदिन्थे

म लाभा बनेर हिम भुमि बाट निक्लिन्थे
गज्रदो मेग बनेर डडेलो हरु निभाइदिन्थे

सक्ने भाको भए म आवेगलाई धैरताको मुकुट लगाइदिन्थे
सक्ने भाको भए म ढुंगालाई सुमनको नरमता दिन्थे

म त्यो आकशको गज्रदो मेघलाइ कुनै संगीतको background दिन्थे
अनि बिजुलीको चमकलाई इन्द्रेणीको रंग पहिराइदिन्थे

सक्ने भाको भए म सुर्यको तेजिलो प्रकाशलाई लज्जाको अनुभूति दिन्थें
अनि लज्जाले सिर नुगाएर बसेकी फलरहित रुखलाई गर्वको अनुभूति दिन्थें

यो घ्रिदित हिलोमा लत्पतिएका असुद्दिलाई म कमलको फुल बनाइदिन्थे
कालो दागको डरले चुनमा लात्पतिने मनलाई म हीरा बनाइदिन्थे

सक्ने भाको भए म आत्मा ग्लानिलाई मिठो सम्जनामा परिवर्तन गरिदिन्थें
सक्ने भाको भए म मौनतालाई साधनामय गुञ्जन दिन्थें

तर दुर्भाग्यबस म केहि गर्न सक्दिन
यहाँ सम्म कि  जमिन भासिदा भाग्न सक्दिन
यहाँ सम्म कि आफु माथि बर्सिने ढुंगा सम्म छेक्न सक्दिन
अनि सायद सिक्नुपर्नेनै भएकोले होला
परिस्थितिले यस्तै यस्तै पाठशालामा मेरो दाखिला गराउछ
अनि यहाँ सम्म कि म उतिर्ण गर्न पनि सक्दिन

सक्ने भाको भए म के के गर्थे होला
तर धन्न कविता चाहि लेख्न सक्छु


Disqus Shortname

Comments system