Wednesday, January 27, 2016

म हुँ

कुन ढक राखेर तौलिदैछौ मलाई?
कुन मोलमा मौलिदैछौ?
मेरो मुस्कानलाई किन तिमि
कुनै अर्थमा लिदैछौ?

मेरो कुन आभेष हुँ र म?
मनको कुन आवेग हुँ ?
मेरो कुन बेलाको बचनले म
तिम्रो बैचारिक साभार हुँ?

कुन मुर्ति संग मिलाउदैछौ मलाई ?
कुन धर्म संग सिलाउदैछौ?
प्याला भनेर आफुलाई यस्तो,
कुन बिष पिलाउदैछौ ?

मेरो क्रियाकलापमा किन यौटा
डाचा खोजिरहेछौ ?
मलाई अशल भनि, हुने पर्ने
बाद्यता दियिरहेछौ

कुन दिन जुराई तिमीले मेरो
के नाम राख्न पुगेउ ?
कहिले शीत, कहिले ताप,
कहिले घाम राख्न पुगेउ

कुन हावामा कोर्दैछौ तिमि
मेरो परिवर्तन्सिल चित्र ?
म होइन तिम्रो नशाको तरङ्ग,
म हुन्न बिचार भित्र

म को हुँ र? केवल हुँ
मेरो के परिचय दिन्छौ?
मैले चिन्न नसकेको मलाई,
तिमीले कसरि चिन्छौ?

No comments:

Post a Comment

Disqus Shortname

Comments system