Saturday, April 4, 2020

दिन ३: अकल्पनीय अन्त्य

हाडमासुमै अट्ने,
अनि अंगालोमा अटाउन मिल्ने।
आँखाका पर्दा बाट झाक्न सक्ने,
अनि यी आँखा भरि भर्न मिल्ने।
यी अमुर्त भावनाका बर्बराहट हरु,
यी मुर्त रुद्रघन्टी मा भर्न सक्ने।
अनि फेरि कान का स्नायु हुदै,
मेरा अमुर्तपनलाई छुन सक्ने।
मेरा यस्ता अमुर्त राघरुको औषधि,
बस एउटा हांड मासुको मान्छे हुन सक्ने।
यस्तो अत्भुत अकल्पनीय मागहरुलाई,
एउटा मान्छे भरि भर्न मिल्ने।
अब्बुइ त!
यति ठुलो फैलिदो ब्रह्माण्ड जस्ता माग,
एउटै पिण्ड मा भएर आउन सक्ने।
अनि छून पनि मिल्ने,
अब्बुइ!
यो सिमा बिहिन चाहनाको सिमा बनेर छून सक्ने,
यो तिर्खालु अन्त्यहीन मागको,
अन्त्य बनेर आउन सक्ने।
यस्तो भयानक मान्छे,
को होला?
अब्बुइ!
कोहि नहोला कोहि नहोला,
झन् छुँदा के होला?
के त्यो मेरो अन्त्य होला?
त्यस्तो भयानक अन्त्य?
सायद नहोला,
धन्न,
छैन,
धन्न,
असम्भव छ,

No comments:

Post a Comment

Disqus Shortname

Comments system