रहर पनि,
सहर पनि सक्किनेछ पिएर।
भय पनि,
समय पनि सक्किनेछ टोलाएर।
मन पर्ने खाल्डो पनि,
अलि अलि गर्दै पुरिनेछ।
जब गर्नुको कारण हराउनेछ,
केवल गर्नु पर्ने बानि रहनेछ।
पुरानो ढोका सालिक मात्र हुनेछ,
कुनै पुरानो गाउँ लाने छैन ।
फेरिने छैन त बस , जिउन चाहिने जिविका.
किनकि बाच्नुनै पर्छ चाहेर होस् नचाहेर,
भुकेर या झुकेर।
#Eleven11PoetryChallenge
No comments:
Post a Comment