Tuesday, November 29, 2016

गजल

जहाँ धुलो बोकी हावा छुँदो रहेछ
त्यहि त्यहीं पाहाडको सिउदो रहेछ

म नजिक आएरपनि टाढै रहें
आफ्नै आफ्नै भाग्य हुदो रहेछ

हजुर संग प्रेम बसेसी था भो
झनै राम्रो हुनुहुदो रहेछ

हजुर पायेसी आँशु सकिन्छ सोच्थें
खुसि पाएर नि मान्छे रुँदो रहेछ

आदि आदि जले पछि बल्ल थाभो
चिताको मान्छे त जिउँदो रहेछ

मेरो मनको यात्रा सक्काउनेको अनुभव
"प्रमोद हेर्दा मात्रै बुढो रहेछ"

गजल

भित्र पिंजडामा एउटा  चरा छ
बाहिर स्वोछन्दताको पहरा छ

केबल बटुवाले मात्रै बास बस्छन
मेरो मन भित्र झुत्रो टहरा छ

कसैको "आदर्श", कसैको "कठै" म  
कसैको वहा, कसैको बिचरा छ

उ अन्धकारमा पनि प्रकाश भेट्छ
भन्छ कुरुपतामा नि अप्सरा छ  

ए अभिनव मन्जरी साँचेर राख    
केवल पराग रहुन्जेल भमरा छ

गजल

प्रतिछ्याको दियो निभाई दिएछ
दियो झैं आफैलाई जलाई दिएछ

मनको आगो निभाउन पानि मागे
उसले मट्टीतेल अनि सलाई दिएछ

यौटा कैदीको अपराध यो थियो
बिष हो यो भनेर दबाइ दिएछ

मन माग्दा उसले दियो मनको मुर्ति
उसले मन अरु कसैलाई दिएछ

माया गर्छौ? भनि प्रेमीले सोद्धा
उत्तरमा उसले मुस्कुराई दिएछ

प्रेमको लागि के गर्न सक्छौ भन्दा
"अभिनव मन्जरी" ओइलाइ दिएछ 

गज़ल

बत्ति मुनि दियो कसले बालेको होला?
यहाँ पक्कै एउटा अन्धो आएको होला

बादलको बाडुल्किले, पृथ्वी बर्बरायो
"म बाहेक अरु कसले सम्झेको होला?"

नदेखिने प्रकाश र बाफको मिलनमा
देखिने इन्द्रेणी किन फुलेको होला?

प्रेमीले घांटी थिची मार्दै गर्दा पनि
सोचीराखें  मायाले मुसारेको होला

मन्जरीलाइ भमराले छोएपछि सोध्यो
चिमोठेको होलाकी चुमेको होला ?

Sunday, November 20, 2016

गज़ल

भित्र पिंजडामा एउटा  चरा छ
बाहिर स्वोछन्दताको पहरा छ

केबल बटुवाले मात्रै बास बस्छन
मेरो मन भित्र झुत्रो टहरा छ

कसैको "आदर्श", कसैको "कठै" म  
कसैको वहा, कसैको बिचरा छ

उ अन्धकारमा पनि प्रकाश भेट्छ
भन्छ कुरुपतामा नि अप्सरा छ  

"अभिनव मन्जरी" थाहा पाई राख  
केवल पराग रहुन्जेल भमरा छ 

जाडोमा तिमि

तिम्रो तापक्रम मलाई कण्ठस्त छ।
डीग्रीमा हैन,
सबै कुरा डिग्रीले तुलना गर्न मिल्दैन।

तिमि ठ्याक्क त्यति तातो छौ,
जति तातो मनलाई नै तातो पार्ने,
मनतातो पानिमा नुहाउदा महसुस हुन्छ।
शावर बन्दै गर्न मन लाग्दैन।

तिमि ठ्याक्क त्यति तातो छौ,
जति तातो जाडोको बिहानीको ओछ्यान हुन्छ,
समाए पछि छोड्नै मन लाग्दैन, तिम्रो हात।

कहिले काही त यति तातो भैदिन्छौ  कि,
बिहानीको तातो कफी।
सुरुप सुरुप पर्दाको आँतनै तातो पार्ने,
अनुभूति भैदिन्छौ।

तर कहिले काहीं चै
चिसो,
सेलाएको कफी पिउनु परे जस्तो,
अनि बिहान ठिहीराउदै,
भुइमा झरेको ब्लान्केट टिप्नु पर्या जस्तो।

कहिले त झन् यति चिसो कि,
तातोले नुहाउदा नुहाउदै
झुक्केर,
धारा उल्टो बटार्दा,  एक्कस्सी ठण्डी पानि झरे जस्तो।

तिम्रो चिसोपन पनि मलाई कण्ठस्त छ.....

|| अभिनव मञ्जरी ||

Tuesday, November 8, 2016

म हिडिरहेछु

म हिडिरहेछु,
यहाँ बाट उहाँ, बिना दिशा
हावा सरि, चलिरहेछु म
नशा नशा हुदै,
जसरि रगत बग्छ,
म पृथ्वीको नशामा बगिरहेछु
म हिडिरहेछु..

बाक्लो जुत्ता, पातालियेर
ढुङ्गै पस्ने गरि,
हिड्दा हिड्दै पैतालाको
चर्मै मर्ने गरि,
कहिले धुलोको समुन्द्रमा,
पौडिएर
कहिले बिना प्रतियोगिता,
दौडिएर
म हिडिरहेछु..

पुग्न, कुन्नि कहिले, किन कहाँ
पत्तो नराखी,
यो उछ्लिरहने मनको आवेगलाइ,
शान्त पार्न,
पेटको आवाज, सुन्न बिर्सी
पाउको बिस्राम, बुझ्न बिर्सी
घाम संग तातिदै,
हावा संग पखालिदै,
म हिडिरहेछु....

आफ्नै कोठा कहिले,
पिंजडा लाग्छ,
मीठो माया पनि,
चुम्मक लाग्छ
बिन्ना पत्तो अनि,
बिलाउँ झैं लाग्छ
अनि नवीनतालाइ
अंगाल्न या,
पृथ्वीलाई कागज बनाइ,
पैतालाले केहि कोर्न
म हिडिरहेछु....

Disqus Shortname

Comments system