Sunday, November 20, 2016

गज़ल

भित्र पिंजडामा एउटा  चरा छ
बाहिर स्वोछन्दताको पहरा छ

केबल बटुवाले मात्रै बास बस्छन
मेरो मन भित्र झुत्रो टहरा छ

कसैको "आदर्श", कसैको "कठै" म  
कसैको वहा, कसैको बिचरा छ

उ अन्धकारमा पनि प्रकाश भेट्छ
भन्छ कुरुपतामा नि अप्सरा छ  

"अभिनव मन्जरी" थाहा पाई राख  
केवल पराग रहुन्जेल भमरा छ 

No comments:

Post a Comment

Disqus Shortname

Comments system