Tuesday, November 25, 2014

LOVE

i will die in your love.
like sunflower dies finally
staring at the sun,
And sun never knows.

but till i breath
i may slither towards you.

like river seeks for ocean
And ocean never knows.

an obvious tragedy
i may fall from you,
like feathers fall from bird
And bird never knows.

my waiting is just an absurdity
like darkness,
that waits for the light
And light never knows.


Monday, July 14, 2014

एउटाले केश मात्र देख्यो
कालो छ त्यो भन्यो
अर्कोले भेस मात्र देख्यो
उत्ताउलो छ त्यो भन्यो
न म केश थिएँ न भेष
म त म मात्रै थिएँ
तर कमैले म मा म देख्यो
कमैले मलाइ बुझ्यो
कसैले आक्रोश मात्र देख्यो
खर्रो छ त्यो भन्यो
कसैले बेहोश मात्र देख्यो
कम्जोर छ त्यो भन्यो
मान्छे किन देखेकै भरमा
कसैको अस्तित्वलाइ छाप्चन
आफ्नो मानशपटलमा
अनि रटाउचन आफैलाई
फलानो यस्तो, ढिस्कानो उस्तो
जब म आफैलाई ऐनामा हेर्छु
म आफुलाई हावा जस्तो देख्छु
परिवर्तन्सिल
कैले चिसो बताश
कैले तातो स्वांश
कैले दुर्गन्द
त कैले कोमल सुगन्द
सबैको समिश्रण यौटा बताश
तर कमैले ममा म देख्यो
सबैले ममा आफु देखे
आफ्नो सोच देखे
आफ्नो बिचार
त्यो बिचार रुपी झ्यांग पन्छाएर
मलाई कमैले हेर्यो
कमैले बुझ्यो ….

Friday, June 13, 2014

gazal (badha sanga)

बाधा संग नयन, चार गर्यो त्यसैले जंगार उ, पार गर्यो बुज्न मुस्किल जिवन उसले सरल भाषामा, साभार गर्यो मन्जिल त पुर्नविराम थियो न पुग्नलाइ कहिले, हतार गर्यो बाच्ने कला जानेको थियो जे पायो हासेर, सुइकार गर्यो सफलताले आत्मसमर्पण गर्यो किनकी प्रयास, बार बार गर्यो बैरीलाइ पनी आझ उसले भैदीएकोमा .... आभार गर्यो फराकिलो दिल बनाइदीएकोमा दिल तोड्नेहरुको, सत्कार गर्यो भगवान संग कहिले केही मागेन उसले आँफै चमत्कार गर्यो

pramod kc

Tuesday, June 10, 2014

गजल (एउटै लाग्छ)

पशु होस् या मानिस, लाश एउटै लाग्छ
सेकुवा र चिता को, वास एउटै लाग्छ

पराइ भन्छन्, आफ्नो भन्छन् , अन्योल मा पर्छु
मलाई त सारा संसार, खास एउटै लाग्छ

पुतलीको चाहना होस् या माथि पुग्ने लालस
बालक या ठुलाले गर्ने, आश एउटै लाग्छ

आफै भित्र छ पानि, पछ्याउछ अर्को बादल
त्यो बादलको र मेरो, प्याश एउटै लाग्छ

फेरि सुन्यतामै, बिलाई जाने छ सब
कसैको रबाफ र, बताश एउटै लाग्छ

जब आमाको गाला र माटो सुम्सुमाउछु
ति दुवै बाट आउने, आभास एउटै लाग्छ

- Pramod K.C.

Sunday, June 8, 2014

गजल पनि तिम्रै लागि हो

यो जिउँदो लाश तिम्रै लागि हो
यो मान्छे खास तिम्रै लागि हो

तान तुन गज़ल बनाएर मैले
लेखेको बकवास तिम्रै लागि हो

आफ्नो लागि म बाच्न छोडी सकें
मैले फेरेको साश तिम्रै लागि हो

तिम्रो सिन्दुरको ताज, हुन नपाएपछि
कबुल होस् यो दास तिम्रै लागि हो

यो भमरोले लाख फूल, त्यागि त्यागि
साँचेको प्यांश तिम्रै लागि हो

- प्रमोद भन्ने मान्छे

Tuesday, May 20, 2014

सानी नानी (kabita)

सानी सानी नानीको
सानो सानो हातमा
घैंटो किन पानीको?
डोका किन साथमा ?

पुतलीको ठाउँमा
सानो भाई खेलाउछिन
बाध्यताको घाउमा
आफैंलाइ भुलाउछिन

झलुङ्गो संगै झुल्चिन
अनकन्टार रातमा
घैंटो किन पानीको?
डोका किन साथमा?

प्यारो हातले भाइले
प्यारो कपाल तानिदिन्छ
ऋष उठ्यो भने
ढुंराले हानिदिन्छ

तर त्यसै हान्सिदिन्छिन
मिठास किन बातमा?
घैंटो किन पानीको?
डोका किन साथमा?

कपुरी क भाई भन्छ
कुखुरी काँ भन्छे उ
भाई अब्च्द भन्छ
हांसी हांसी मर्छे उ

कहिले काहीं टोलाउछे
किताबको खातमा
घैंटो किन पानीको?
डोका किन साथमा?

Pramod K.C.
30th june 2012

Monday, May 19, 2014

गजल (free yourself from your mind)

यहाँ सबैको आफ्नै बिचार छ
हरे यो दुनिया लाचार छ
सबैले भन्छन मै बुद्ध मै बुद्ध
दिमाग मा गोबरको अचार छ

यहाँ गुंगोले सोच्छ बोल्न जान्याछु
ढेब्रोले सोच्छ उ समजदार छ
बुद्धि मा बिर्को लाग्या छ सबको
सबैको उस्तै बेवहार छ 

मेरो लागि त त्यो बुद्धिमानी 
जसले संसार सब्द मा उतार्छ 
हुल लाइ हुल बाट नियाल्न मिल्दैन
त्यसले देख्छ जो अलि पार छ 

दिमागको कैद बाट मुक्त भै हेर 
यो संसारको एकोहोरो रफ्तार छ 
बाचुन्जेल बाच्न बिर्सिदैछन सब 
कुन्नि कहाँ पुग्नलाई हतार छ  

यो दुनिया त कति सरल छ
आफै भित्र जेलिएको संसार छ
त्यसैले उतार अनि हल्का हौ
स्वार्थ र अभिमानको जुन भार छ

तिमि आफैमा एउटा देश हौ
आफैभित्र निरङ्कुश सरकार छ
आफै हौ जिम्मेबार आफ्नो लागि
छिमेकि किन जिम्मेबार छ ?

होइनौ राजा छैनन् तिम्रा रैती
भत्काउ अभिमानको जुन दर्बार छ
जहाँ छैन तैं राजा मै राजा 
त्यहीं आनन्द अपार  छ 

प्रमोद के.शी.

Sunday, May 18, 2014

saint in love (gajal)

तिम्रो अँगालो त, मन्दिर हो

नत्र सारा संसार, जन्जिर हो



मलाई पाउनु तिम्रो, दुर्भाग्य होला

तिमीलाई पाउनु मेरो, तकदिर हो



मेरो निर्दोष दिललाई के दोष?

दोषी त त्यो नजरको, तिर हो



जति पिडा, दिए पनि हुन्छ 

तिम्रै लागि बनेको, सरिर हो



एक चुम्बन भिक्ष्या मा मिल्छ कि?

तिम्रै प्रेमको म एक, फकिर हो

Pramod kc

Friday, April 25, 2014

‪#‎eleven11poetrychallenge‬ day3 उल्लु को कथा

एकादेशमा एक उल्लु थियो जुन, दिनमा उड्न खोज्थ्यो
चरिहरु जब चिरबिर गर्थे उ, गहिरो सोचमा डुब्थ्यो
यो चाह जुन छ मन भित्र मेरो, कसरि पुरा गरौँ
हाय दैब यो कस्तो जुनी दियौ, लाग्छ मलाई मरौं
चिरबिर चरी झैं चिरबिर गर्नु, के मेरो अधिकार हैन
सुर्यदय हेरौं नियालौं प्रकृति, मेरो किस्मत मा छैन
अँधेरी रातमा सुरु मेरो बिहानी, क बुज्चौ मेरो पिडा
ए दैब कस्तो नेत्र दियौ मलाई, फिर्ता लिदेउ सिदा
त्यो उल्लु भएकै छेउ निर एक, चरी को गुण्ड थियो
त्यहि चरीको भाग्य भित्र उ, आफ्नो दुर्भाग्य खोज्थ्यो
एकरातको कुरा हो जंगल मा दुइजना, यात्रु बाश बशे
खानु न पीउनु केहि थिएन तिनको, भोको र प्याषा थिए
तेही रुख नेर जब पात खस्यो, त्यो चरी चल्दा खेरि
देखिहाले ति यात्रु हरुले, भोको आंखा ले फेरि
उल्लु ले बुजिहाल्यो संकेत आफ्नो, बचेरा लिई झर्यो
चरी उड्न खोज्दा अन्धकारमा, उल्टो जालमा पर्यो
हाय धन्य धन्य ए प्रबु मलाई, यस्तो आँखा दियौ
जुनिभर धिक्कारी रहे तिमीलाई, नपाई यसको भेउ
आफुसंग जे छ तेस्मै तिमि, चित्त बुझाउन पर्छ
माछो रुख नाचाद्ला तर, पौडी राम्रो गर्छ
तिमि संग जे छ अरुसंग छैन, येसैमा खुसि हुनु
कुन चिललाइ पो रहर छ र, सगर को सिर छुनु
तेही रात त्यो उल्लु बचेरासंग, अर्को रुख सर्यो
अनि दिनमा सुति रातमा उठी, खुसि खुसि रह्यो
भन्नेलाई फुलको माला साथि ,सुन्नेलाई सुनको माला
म लेख्नेलाइ केहि चाइदैन यो, कथा जासुकै जाला


Thursday, April 24, 2014

‪#‎eleven11poetrychallenge‬ Day 2 {conversation in gazal format (a friend tries to patch up the couple)}

A
तिम्रो भार उसले, उठाएको छ
त्यसैमा त्यो प्रेमी, रमाएको छ
यस्तो माया नसीब ले भेटिञ्चन
एक्लोपन मा साथ् दिन, आएको छ
B
येस्मा उसको पनि स्वार्थ छ हेर
दिन भन्दा बडी उसले, पाएको छ
A
तर उ तिम्रो आत्मिक प्रेमी देखिन्छ आँखामा
भन कुनै पल उ, हराएको छ?
B
तिम्लाई के थाहा उसको चाहना के हो
आत्मा भन्दा सरिर बडी, रुचाएको छ
A
नंग माशु झैं सम्बन्द देख्छु म त
तिम्रै अघि पछि मात्र, धाएको छ
B
भाँची जाने नंगलाइ के पिडा ?
कम्जॊर माशु तेसै, दुखाएको छ
A
तर हुन्छ उसलाई पनि, पिडा तिमि बिना
तिमि नहुदा पागल झैं, कराएको छ
B
सुनेको थिएँ हिजो उ, पागल भाको थियो
आझ सुने उसले अर्कै, ल्याएको छ


written for the event of word warriors (relation between sun and earth) gazal

उ एकनाशले मलाई, छेकी रहन्छ
त्यो अग्निसिखा म मा, फेकी रहन्छ
सिर देखि पाउ सम्म चुम्दै जान्छ
म नाचिरहंछु उ, देखि रहन्छ
सुरुमा सितल बिहानी उ बन्छ
हेर्दा हेर्दै अग्निरापले ,सेकी रहन्छ
म केवल उसको, उ सब ग्रहको
सबैतिर बराबर, टेकी रहन्छ
अन्धकार मय अस्तित्व मेरो
उ प्रकाशको मशिले, लेखि रहन्छ


Tuesday, March 11, 2014

gajal

बानि नदेउ आश बढ्न थाल्छ
अनि तिम्रो तलाश बढ्न थाल्छ

इन्तजार रुपी त्यो चिता तिर
यो जिंयुदो लाश बढ्न थाल्छ

तिम्रो अँगालो को न्यानो सम्झिदा
यहाँ चिसो बताश बढ्न थाल्छ

तिम्लाई पाउने आश हरु मा
यता आफ्नै बिनाश बढ्न थाल्छ

Disqus Shortname

Comments system