Saturday, December 14, 2013

दुखाएर आँफैलाइ

दुखाएर आँफैलाइ, निकालिरहेछु गजल
आशुहरु पिएर, अोकालिरहेछु गजल

देउ तन्हायी, देउ प्याश, देउ मलाइ आशु
यिनैलेत मैले ••••• पालिरहेछु गजल

तिमी वाह वाह भन्छौ, ताली फिट्छौ
बन्चरोले दिललाइ हानी, ढालिरहेछु गजल

गमको विज रोपी, मलजल गरी, उमारीरहेछु
म त तिम्रो बफादार, मालि रहेछु गजल

ए गजल तिम्रो मेरो, मर्मपनी उस्तै
तिमी जस्तै म नी सबको, ताली रहेछु गजल


yeo maanche

दिल भित्र दरार दिन, आयो यो मान्छे
यो कस्तो इन्तजार दिन, आयो यो मान्छे

यो कस्तो आश दियो,उसकै प्याश दियो
लाग्थ्यो संसार दिन आयो यो मान्छे

उही पुरानो थ्यो दिल, पुरानो इन्तजार
संोचे नया बाहार दिन आयो यो मान्छे

माया ले त शितल्ता दिन्छ भन्थे
यो कस्तो पोल्ने प्यार दिन आयो यो मान्छे
Pramod kc

Wednesday, December 11, 2013

gazal

जसलाई आफ्नो माने उः अर्का परेर हो
छोडी जाउँ भनेपनि,  मर्का परेर हो

पाउनु अघि थ्यो कोहिली,काग बनिदीयो
बातैपिछे उसको कुरा, चर्का परेर हो

जान्थे धेरै पर म , तिम्रो आँखा बाट
यो सीउँदोमा तिम्रो नामको, धर्का परेर हो

माया को बन्धन त, उहिले टुटीसक्यो
बन्धन रुपी समाजको, तर्का परेर हो

Friday, December 6, 2013

love love love :P

मेरो नाम प्रेम हो
मेरो काम प्रेम हो


मेरो बाच्ने आधार
तमाम  प्रेम हो


मेरो ईश हो प्रेम
घनश्याम  प्रेम हो


हर रीतु मेरो
अनी याम प्रेम हो


मेरो आहार यै
शुभा शाम प्रेम हो


चाहे जाडो आअोस्
मेरो घाम प्रेम हो


मेरो हर रोगको
रोकथाम प्रेम हो


म चिठी भए
मेरो खाम प्रेम हो


चाहे किन्न सक्छौ
मेरो दाम प्रेम हो


Thursday, December 5, 2013

gazal

सारंगी को धुन मा मैले तिम्लाई खोजि रहन्छु
कैले काँही जुन मा मैले तिम्लाई खोजि रहन्छु

शरिर त उसलाइ सुम्पे, आत्मा तिम्लाइ खोज्थ्यो
त्यसैले त उनमा मैले तिम्लाई खोजि रहन्छु

एकछिन् पनि मेरो मनमा चयन हुदैन किनकि सकुनमा मैले तिम्लाई खोजि रहन्छु
जब नशा बनि चढ्छौ, तिमि नाडी काटीदिन्छु येशारी खुन मा मैले तिम्लाई खोजि रहन्छु
कसैको आँखा, कसैको बोलि, कसैको अँगालो नसोध कुनकुन मा मैले तिम्लाई खोजि रहन्छु

- pramod kc

Tuesday, December 3, 2013

j aayeo tei


तिमि प्याश म पानि
तिमि तलाश म निशानी

रहेम गर्यौ मेरो हात थामी
तिमि खास म खरानी

तिमि बिना त के मजा
तिमि सुवाष म फुल्दानी

मायालाई उमेर ले छेक्दैन
तिमि पचास म जवानी

दैब ले क्या जोडी बनाएछा
तिमि आश म दानी

हामि एक सिक्काका दुइ पाटा
तिमि साश म जिन्दगानी

- pramod bhanney maanche :/

Monday, December 2, 2013

कथा कमिलाको


कमिला ले वर माग्यो, मान्छे म हुँला
फेरि सोच्यो म कस्तो, मान्छे बनुँला?

के म मान्छे जस्तै अल्छि, बन्न सक्छु?
पौरखी लाइ मान्छेले, भन्लान बहुला

मेरो त बफादार भै, काम गर्ने बानि
मान्छे हुन्छन काम ठग, कसरि सहुँला

बाटो भुल्दा मान्छे, आत्तिन्छन् अरे
म कमिला हर कस्ट, संग जुधुंला

मेरो जिउ छ सानो, तर पौरख ठुलो
मान्छे का त केवल कुरा, हुन् ठुला

तेरो र मेरो भन्छन रे मान्छे
लाख भाग लाउछन  रे, एउटा दुला

मान्छे त तै रानी मै रानी गर्छन
हुदिन मान्छे भो , कमिला नै  बनुला

- प्रमोद केशी

Sunday, December 1, 2013

hawa ma yeuta line lai tankaayera lekhdyaa :P


म संग बिताएका पल, मन नपर्न सक्छ
म अछुत तिमि निश्चल, मन नपर्न सक्छ

बरु दुइ किनारा को मिलन हुन्थ्यो होला
तिमि आकाश, म जल, मन नपर्न सक्छ

ढीडो खाएर हुर्के नि, परदेशीए पछि
अब त पाएनि चामल, मन नपर्न सक्छ

तिमि त ठुलै गजलकार भाछौ रे
अब त मेरा गजल, मन नपर्न सक्छ

Disqus Shortname

Comments system