Saturday, December 14, 2013

दुखाएर आँफैलाइ

दुखाएर आँफैलाइ, निकालिरहेछु गजल
आशुहरु पिएर, अोकालिरहेछु गजल

देउ तन्हायी, देउ प्याश, देउ मलाइ आशु
यिनैलेत मैले ••••• पालिरहेछु गजल

तिमी वाह वाह भन्छौ, ताली फिट्छौ
बन्चरोले दिललाइ हानी, ढालिरहेछु गजल

गमको विज रोपी, मलजल गरी, उमारीरहेछु
म त तिम्रो बफादार, मालि रहेछु गजल

ए गजल तिम्रो मेरो, मर्मपनी उस्तै
तिमी जस्तै म नी सबको, ताली रहेछु गजल


No comments:

Post a Comment

Disqus Shortname

Comments system