Thursday, December 5, 2013

gazal

सारंगी को धुन मा मैले तिम्लाई खोजि रहन्छु
कैले काँही जुन मा मैले तिम्लाई खोजि रहन्छु

शरिर त उसलाइ सुम्पे, आत्मा तिम्लाइ खोज्थ्यो
त्यसैले त उनमा मैले तिम्लाई खोजि रहन्छु

एकछिन् पनि मेरो मनमा चयन हुदैन किनकि सकुनमा मैले तिम्लाई खोजि रहन्छु
जब नशा बनि चढ्छौ, तिमि नाडी काटीदिन्छु येशारी खुन मा मैले तिम्लाई खोजि रहन्छु
कसैको आँखा, कसैको बोलि, कसैको अँगालो नसोध कुनकुन मा मैले तिम्लाई खोजि रहन्छु

- pramod kc

No comments:

Post a Comment

Disqus Shortname

Comments system