Wednesday, December 11, 2013

gazal

जसलाई आफ्नो माने उः अर्का परेर हो
छोडी जाउँ भनेपनि,  मर्का परेर हो

पाउनु अघि थ्यो कोहिली,काग बनिदीयो
बातैपिछे उसको कुरा, चर्का परेर हो

जान्थे धेरै पर म , तिम्रो आँखा बाट
यो सीउँदोमा तिम्रो नामको, धर्का परेर हो

माया को बन्धन त, उहिले टुटीसक्यो
बन्धन रुपी समाजको, तर्का परेर हो

No comments:

Post a Comment

Disqus Shortname

Comments system