Monday, December 2, 2013

कथा कमिलाको


कमिला ले वर माग्यो, मान्छे म हुँला
फेरि सोच्यो म कस्तो, मान्छे बनुँला?

के म मान्छे जस्तै अल्छि, बन्न सक्छु?
पौरखी लाइ मान्छेले, भन्लान बहुला

मेरो त बफादार भै, काम गर्ने बानि
मान्छे हुन्छन काम ठग, कसरि सहुँला

बाटो भुल्दा मान्छे, आत्तिन्छन् अरे
म कमिला हर कस्ट, संग जुधुंला

मेरो जिउ छ सानो, तर पौरख ठुलो
मान्छे का त केवल कुरा, हुन् ठुला

तेरो र मेरो भन्छन रे मान्छे
लाख भाग लाउछन  रे, एउटा दुला

मान्छे त तै रानी मै रानी गर्छन
हुदिन मान्छे भो , कमिला नै  बनुला

- प्रमोद केशी

No comments:

Post a Comment

Disqus Shortname

Comments system