Saturday, October 29, 2016

माया

म तिमीलाई चिन्दछु माया,
म जीवनको हर मोडहरुमा तिमीलाई भेटिरहन्थे।
म तिमि भित्र को इश लाइ चिन्छु।

तिमि गर्मि यामको चिसो बताश हौ,
जाडोको रापिलो घाम हौ,
तिमि आवाज हौ,
तिमि इसत्वको प्रतिबिम्ब हौ,
तिमि कुनै जंगल बीच तलाउमा, फुली रहेको गुलाबी कमल,
अनि त्यसकै वरिपरि जलक्रिडा गरिरहेका, हंस जोडीलाई हेर्दा आउने, आनन्द हौ ।

तिमि मनोरम नाजारा हौ माया,
म तिमीलाई चिन्छु।
तिमि लाखौँ कोसिस बाट आएको प्राप्ति हौ,
जसले हर्सआँशु दिन्छ।
तिमि पुर्नेको रातमा स्निग्द सेता बादल बीच पौडी खेलिरहेको जुन हौ।
तिमि घुक्क घुक्क गरिरहेको बच्चालाइ, आमाले आफ्नो काखमा चेप्दा,
त्यो बच्चामा आएको ढुक्कपना हौ।
तिमि पिडामा गट्किरहेको मनले, अकस्मात सब्दको बाटो पाएर,
पाना भरि पोखिएको मसि हौ ।

तिमि लाखौ अनिन्द्रा पछि लागेको, गहिरो निन्द्रा हौ।
तिमि लामो प्रसव वेदना पछि, आएको सन्तुस्टी हौ ।
तिमि जुदाई लाई चिर्दै,
परदेश बाट फर्किएको प्रियजन, अंगालोमा बादिएको छ्यन हौ ।
तिमि दुस्वप्न पछि बिउंझिएर "सपनापो रैछ धन्न" भन्ने इस्थिती हौ।

म तिमीलाई चिन्दछु माया
म जीवनको  हर मोडहरुमा तिमीलाई महसुस गर्दथें ।

तिमि गहिरो हौ , जहाँ केवल खसिरहन सकिन्छ।
तिमि अन्त्यहीन हौ, जहाँ केवल उडिरहन सकिन्छ।
तिमि गहिरो संवाद गर्दा, मनमा आउने तरङ्ग हौ।
तिमि अकसमाथ झुल्किने , उज्यालो उमङ्ग हौ।
तिमि प्याशी गलामा, पानीको पहिलो बूँद पर्दाको सन्तुस्टी हौ।
तिमि मैले जानी जानी गरिराख्ने त्रुटी हौ।

तिमि राहत हौ, सुवास हौ,
तिमि सु-समाचार  हौ ।
तिमि सु-स्वप्न  हौ ।
तिमि उत्तर हौ ।
तिमि आधार हौ ।
तिमि बाटो हौ ।
तिमि गन्तव्य हौ ।
तिमि बिस्राम हौ ।

Friday, October 28, 2016

गजल

म माग्छु जुन, मलाई तान्छ ढुंगा
म हान्छु फुल, मलाई हान्छ ढुंगा

सिसाको मेरो मन चकनाचुर पारेर
आफुलाई कोमल नौनी ठान्छ ढुंगा

हुन त हामि दुइ, पुजारी नै हो
म मान्छु उसलाई, उ मान्छ ढुंगा

उसको बोलि ब्यबहार सब नै ढुंगा
कैले त लाग्छ, उसले खान्छ ढुंगा

खोलिको पानीले, छुदै जादै गरेनी
किन सधै कठोर, भैरान्छ ढुंगा

बादल छुन खोज्दा, भुइँमै बज्रिन्छु
चाह चुन्छ इश, तकदिर छान्छ ढुंगा 

गजल

भेट्नु अघि अजनबी, छुटेपछि सपना हो
बर्षाको पानि हिउँदमा, सुकेपछि सपना हो

बुल्बुलका दुइ जोडी, मिलनमा पनि रुदै थिए
भन्दै थिए यो पल, सक्कीएपछि सपना हो

पानीको फोका जसरि, जिन्दगि भन्दो रैछ
पानीको फोका  सरि  फुटेपछि सपना हो

न सम्झना सार्थक सक्छ, न सपना सार्थक हुन्छ
तिमि संगका पल सम्झिनु,  परेपछि सपना हो

मैले आँशु बगाएको देखेर, कोहि आएर यो भन्यो
भन्ने छु हास्दै  एकदिन , उठेपछि  सपना हो 

Thursday, October 27, 2016

गजल

शान्त बनाउन मेरै रिशलाई, मैले चाहेर हुदैन
अमृत बनाउन त्यो विषलाई, मैले चाहेर हुदैन

बरफले तातोको माग गर्यो, पानि पानि भै मर्यो
तिमि जस्तो न्यानो तपिशलाइ, मैले चाहेर हुदैन

सांगरले मेट्न सक्दैन, नभेटिने रंग आकाशको
यस्तै न मन्जुर छ इशलाई, मैले चाहेर हुदैन

तिमिमा देवतालाई देखेर, भक्तिले नुग्न पुगेछु
अब उठाउन मेरै सिशलाई, मैले चाहेर हुदैन

म रोशनी बनि चुम्न सक्थें, फक्रिने हर फूललाइ
रातमै फुली झर्ने सिरिशलाई, मैले चाहेर हुदैन 

Sunday, October 16, 2016

सम्झना

आँखाले यो प्रश्न गर्छौ,
अझै बिर्स्या छैनौ?
अनि म आखाले नै उत्तर दिन्छु।

हुनत सैयौंको यो भिडमा पनि,
मेरो आँखा,
क्यामराको लेन्सले फोकस गरे सरि,
तिमीलाईनै फोकस गर्छ, दुनियालाई ब्लर्र देखाएर।

तिम्रो मुस्कान केवल मुस्कान न हो,
तै नि मलाई मीठो लाग्छ,
अनि तिमि जान्छौ,
घडीको सुइ ले समयलाई छोडे सरि,
तर
तिम्रो मुस्कान सम्झिदा,
पहिलो दिन त्यो अझै गाडा हुन्छ,
दोस्रो दिन अझै हँसिलो।
तिम्रो हेराइ कल्पनामा,
अझै  तिक्छ्ण बन्दै जान्छ।
तिम्रा आभा सप्तरंगी इन्द्रेणी जसरि,
प्रतक्ष्य रूपमा दर्शन दिन थाल्छन।
तिम्रा आवाजहरु नाद स्रवन भए सरि,
सुनिन थाल्छन।

जतिनै सम्झनामा दिन ढल्दै जान्छन,
त्यतिनै गाडा हुदै जान्छ तिम्रो चित्र।
जस्तोकि तिमि संगका बास्तविक पल,
केवल रीलको नेगेटिव हुन्।
अनि सम्झनामा धुल्ल्याई ओरि,
रंगिन चित्र निकाल्छु तिम्रो।

अनि तिमि चाहिं घडीको घन्टे सुइले,
१२ लाइ छोडे जसरि,
मलाई छोडेर ,
पुरै दुनिया रिन्गेर,
अनि फेरि टक्क अढिएर,
आँखाले यो प्रश्न गर्छौ,
अझै बिर्स्या छैनौ?

अनि म आखाले नै उत्तर दिन्छु,
"अचेत हुदापनि, तिम्रो अस्तित्वको चाहिं
चेत भैरहन्छ"

Saturday, October 15, 2016

सुर्यको प्रकाश जस्तो हुन्छ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन,
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन,
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न।
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न।

अब म, "सुर्यको प्रकाश जस्तो हुन्छ" त भनुला।
अनि तिमीलाई "सुर्य" र "प्रकाश" के हो नै थाहा नहोला।
किनकि तिमीले त कहिले झ्याल खोलेनौ,
केवल, मलाई सोधेरै बुज्न चाहेउ।
त्यो आँखा खाने चमक भनुला ,
तिमीलाई त चमक के हो नि थाहा छैन,
अन्धकार जुन छानेउ।

अब ज्योति भनुला , उज्ज्वल भनुला, उषा भनुला, प्रदिप भनुला
अब प्रकाश नदेखी कसरि कल्पिनछौ?
जब तिमि झ्याल भित्रै लुक्न चाहन्छौ,
अनि मलाई प्रकाशको कुरा गर्ने अजीब प्राणि भन्छौ।

मैले भनेको त हो नि, "उज्यालो भिन्न छ,
तिमीले देख्ने गरेकोलाई अन्धकार भन्छन"

तिमीले गट्केर भनेउ, "मैले देख्ने गरेको कुरा नै संसार"

मैले आजित भएर नि भनेको त हो नि
"ए बाबा झ्याल खोल"

तिमीले पड्केर भनेउ,
"उहिले देखि चलिआएको परम्परा,
कसरि तोडुम?"

मैले अझै भनेको हो,
"उज्यालो चाखेर त हेर, मन नपरे फेरि बन्द गर"
जीवन नै सक्किन्छ झैं गरेउ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न,
अनि मलाई स्वांश फेर्न आउँछ ...

Wednesday, October 12, 2016

गल्ति हुन्छ

आगो लाग्छ
जानेर पनि, नजानेर पनि
गल्ति हुन्छ
जानेर पनि, नजानेर पनि ।

नजानेर यसरिकी,
धेरै फूल बोल्दा, कहिले
काँडा निक्लिन्छ, अनि घोच्छ।
जानेर यसरिकी,
आक्रोश ले कहिले घाँटी अचेट्छ,
जिब्रो यसै काँडा हुन्छ।

आगो लाग्छ
जानेर पनि, नजानेर पनि
तर आगोलाई ढाकेर, आगो लुक्दैन।
गल्ति हुन्छ
जानेर पनि, नजानेर पनि
तर गल्तीलाई ढाकेर, गल्ति लुक्दैन।

अहमले नुग्न दिदैन,
तर जब अहम नुग्छ।
त्यहाँ स्वतन्त्रता हुन्छ,
त्याहा आनन्द हुन्छ।
किनकि त्यहाँ अब ढोंग गर्नु पर्दैन,
किनकि अहमले बाद्छ।

तर त्यो मानिस हुन सक्ला र?
जसले गल्तीमा चटकको बुट्टा भरेर,
आफैलाई झुक्काउन खोज्छ,
कि त्यो गल्तिनै  थिएन।
त्यो मानिस अवस्य हो,
जसले आफ्नो गल्तीलाई हतियार बनाउछ,
आफ्नै आँखामा लागेको पट्टि खोल्न।

आगो लाग्छ
जानेर पनि, नजानेर पनि।
तर आगोलाई ढाकेर, आगो लुक्दैन
तर आगो निबाउन सकिन्छ।
किनकि पानि पनि त हुन्छ।।
गल्ति हुन्छ,
जानेर पनि, नजानेर पनि
तर गल्तीलाई ढाकेर, गल्ति लुक्दैन
तर गल्तिको लागि प्रायास्चित हुन्छ।
किनकी माफी पनि त हुन्छ।।

तिमि आयौ रे

तिम्रै प्रतिक्ष्यामा थिएँ,
अनि तिमि आयौ रे।
कहिँ कतै ताराको स्यानो अम्श,
त्यो मंगलग्रहमा टेक्यो रे।

तिमि आयौ रे
म कतै गाउँमा सम्झनाको दियो बाल्दै गर्दा।
प्यासाफिक समुन्द्रको बीच भागमा,
मणिका खानि भेटिए रे ।

तिमि आयौ रे
मेरो मन त अँधेरीनै छ,
तिम्रो गाउँमा
तिम्रो गाउँमा, दीपावली छायो रे ।

तिमि आइपुगेउ रे,
तर म सम्म केवल यो समाचार मात्र आयिपुग्यो,
तिमि सकुसल आएको।
येतिमै पनि म,
खुसि नै छु
येदि म नस्वर प्राणीमा केहि अमर कुरा छ भने
येही प्रतिक्छ्या नै त हो
तर त्यो दुखि नै छ .. 

Tuesday, October 4, 2016

गजल


साँझ ताज पहिरिएर, आयो आझ पनि
भन्यो "तिम्रो सुर्य, अस्थायो आझ पनि"

साँझ भन्थ्यो "अस्थाई छ सुर्यको साथ"
एकछिनमै सुर्यसरि, बिलायो आझ पनि

सबैले छोडी हिडेको, मलाई पाएर होला
रात्रिले अँधेरो मुख, लगायो आझ पनि

जब झिसमिसे, उज्यालो ले छोप्यो मलाई
लाग्यो रात्रि म देखि, अघायो आझ पनि

 सुर्यको स्पर्सले काउकुति लगाएर होला
बिहानी सधैं झैं, मुस्कुरायो आझ पनि

काउकुति धेरै भएर पोल्न थाल्यो क्यार
उषा दिवा बनेर, रिशायो आझ पनि 

Disqus Shortname

Comments system