Saturday, October 29, 2016

माया

म तिमीलाई चिन्दछु माया,
म जीवनको हर मोडहरुमा तिमीलाई भेटिरहन्थे।
म तिमि भित्र को इश लाइ चिन्छु।

तिमि गर्मि यामको चिसो बताश हौ,
जाडोको रापिलो घाम हौ,
तिमि आवाज हौ,
तिमि इसत्वको प्रतिबिम्ब हौ,
तिमि कुनै जंगल बीच तलाउमा, फुली रहेको गुलाबी कमल,
अनि त्यसकै वरिपरि जलक्रिडा गरिरहेका, हंस जोडीलाई हेर्दा आउने, आनन्द हौ ।

तिमि मनोरम नाजारा हौ माया,
म तिमीलाई चिन्छु।
तिमि लाखौँ कोसिस बाट आएको प्राप्ति हौ,
जसले हर्सआँशु दिन्छ।
तिमि पुर्नेको रातमा स्निग्द सेता बादल बीच पौडी खेलिरहेको जुन हौ।
तिमि घुक्क घुक्क गरिरहेको बच्चालाइ, आमाले आफ्नो काखमा चेप्दा,
त्यो बच्चामा आएको ढुक्कपना हौ।
तिमि पिडामा गट्किरहेको मनले, अकस्मात सब्दको बाटो पाएर,
पाना भरि पोखिएको मसि हौ ।

तिमि लाखौ अनिन्द्रा पछि लागेको, गहिरो निन्द्रा हौ।
तिमि लामो प्रसव वेदना पछि, आएको सन्तुस्टी हौ ।
तिमि जुदाई लाई चिर्दै,
परदेश बाट फर्किएको प्रियजन, अंगालोमा बादिएको छ्यन हौ ।
तिमि दुस्वप्न पछि बिउंझिएर "सपनापो रैछ धन्न" भन्ने इस्थिती हौ।

म तिमीलाई चिन्दछु माया
म जीवनको  हर मोडहरुमा तिमीलाई महसुस गर्दथें ।

तिमि गहिरो हौ , जहाँ केवल खसिरहन सकिन्छ।
तिमि अन्त्यहीन हौ, जहाँ केवल उडिरहन सकिन्छ।
तिमि गहिरो संवाद गर्दा, मनमा आउने तरङ्ग हौ।
तिमि अकसमाथ झुल्किने , उज्यालो उमङ्ग हौ।
तिमि प्याशी गलामा, पानीको पहिलो बूँद पर्दाको सन्तुस्टी हौ।
तिमि मैले जानी जानी गरिराख्ने त्रुटी हौ।

तिमि राहत हौ, सुवास हौ,
तिमि सु-समाचार  हौ ।
तिमि सु-स्वप्न  हौ ।
तिमि उत्तर हौ ।
तिमि आधार हौ ।
तिमि बाटो हौ ।
तिमि गन्तव्य हौ ।
तिमि बिस्राम हौ ।

No comments:

Post a Comment

Disqus Shortname

Comments system