साँझ ताज पहिरिएर, आयो आझ पनि
भन्यो "तिम्रो सुर्य, अस्थायो आझ पनि"
साँझ भन्थ्यो "अस्थाई छ सुर्यको साथ"
एकछिनमै सुर्यसरि, बिलायो आझ पनि
सबैले छोडी हिडेको, मलाई पाएर होला
रात्रिले अँधेरो मुख, लगायो आझ पनि
जब झिसमिसे, उज्यालो ले छोप्यो मलाई
लाग्यो रात्रि म देखि, अघायो आझ पनि
सुर्यको स्पर्सले काउकुति लगाएर होला
बिहानी सधैं झैं, मुस्कुरायो आझ पनि
काउकुति धेरै भएर पोल्न थाल्यो क्यार
उषा दिवा बनेर, रिशायो आझ पनि
No comments:
Post a Comment