Saturday, October 15, 2016

सुर्यको प्रकाश जस्तो हुन्छ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन,
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन,
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न।
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न।

अब म, "सुर्यको प्रकाश जस्तो हुन्छ" त भनुला।
अनि तिमीलाई "सुर्य" र "प्रकाश" के हो नै थाहा नहोला।
किनकि तिमीले त कहिले झ्याल खोलेनौ,
केवल, मलाई सोधेरै बुज्न चाहेउ।
त्यो आँखा खाने चमक भनुला ,
तिमीलाई त चमक के हो नि थाहा छैन,
अन्धकार जुन छानेउ।

अब ज्योति भनुला , उज्ज्वल भनुला, उषा भनुला, प्रदिप भनुला
अब प्रकाश नदेखी कसरि कल्पिनछौ?
जब तिमि झ्याल भित्रै लुक्न चाहन्छौ,
अनि मलाई प्रकाशको कुरा गर्ने अजीब प्राणि भन्छौ।

मैले भनेको त हो नि, "उज्यालो भिन्न छ,
तिमीले देख्ने गरेकोलाई अन्धकार भन्छन"

तिमीले गट्केर भनेउ, "मैले देख्ने गरेको कुरा नै संसार"

मैले आजित भएर नि भनेको त हो नि
"ए बाबा झ्याल खोल"

तिमीले पड्केर भनेउ,
"उहिले देखि चलिआएको परम्परा,
कसरि तोडुम?"

मैले अझै भनेको हो,
"उज्यालो चाखेर त हेर, मन नपरे फेरि बन्द गर"
जीवन नै सक्किन्छ झैं गरेउ

अब म तिमीलाई कसरि बुझाउँ?
बिल्कुलै बुझाउन सक्दिन
अनि त्यसमा मलाई कुनै पश्चाताप पनि छैन
किनकि म तिमीलाई बुझाएर बस्नै चाहान्न
किनकि म त्यो असम्भव काम गरौँ कसरि?
तिमीले त आफै बुझ्ने हो,
कतिपय कुरा आफै सिकिन्छ, जस्तो कि स्वाश फेर्न,
अनि मलाई स्वांश फेर्न आउँछ ...

No comments:

Post a Comment

Disqus Shortname

Comments system