Friday, August 23, 2013

gajal



एकान्त थियो ठँाउ, तिमी मेरो साथमै थियौ । रमाइलो थियो गाँउ, तिमी मेरो साथमै थियौ।।
अली अली गर्दै, कोर्दै गएँ ितम्रो मुटु गहीरो भो घाउ, तिमी मेरो साथमै थियौ ।
सुनको खोजीमा तिमी हिरा छोडी हिढेछु कहिले भने जाउ, तिमी मेरो साथमै थियौ ।
तिमीले जस्तो माया गरी, कोहीले नि सहेनन् तिमीलाइ जती कराँउ, तिमी मेरो साथमै थियौ ।
बेसाहारा भएँ आँखीर, कोही थिएनन् दिने हात भनेउ यि हात समाउ, तिमी मेरो साथमै थियौ ।
pramod kc

gajal


दिलको घाउ बुझ्नेले बुझ्छन् मेरो आँशुमा रुझ्नेले बुझ्छन्
कति आँशु बगाएको छु मैले मेरो आँशु पुस्नेले बुझ्छन्
बाहिरबाट हेरेर के बुझ्छौ र मेरो दिलमा घुस्नेले बुझ्छन्
म तेसै पागल बनेको होइन मेरो कथा सुन्ने ले बुझ्छन्
म किन चिच्याएको थिँए मलाइ जिउँदै पुर्नेले बुझ्छन्

pramod kc

Thursday, August 22, 2013

gajal


तिम्रो राजकुमार जो तिमी जस्तै सानो छ तिम्रो जिवनको बाहार, जो तिमी जस्तै सानो छ
बढ्ने छ पुर्नेको जुन जस्तै , तिमी संगै अनी लानेछ उसको दरबार, जो तिमी जस्तै सानो छ
अरुको अघी अटल हुन्छ, तिम्रो प्रेममा झुक्नेछ गर्नेछ तिमीलाइ प्यार, जो तिमी जस्तै सानो छ
अहिले त के बुज्लिउ पुतली, टाला टुली बटुली पछी सम्झिन्छेउ हरबार, जो तिमी जस्तै सानो छ
धपक्क बल्नेछौ चांद झै, जब गर्नेछौ तिमीले उसकै नामको श्रिंगार, जो तिमी जस्तै सानो छ
जन्मौ जन्मको नाता हो यो, जन्मौ अघी गांसीएको बसाउनेछ तिम्रो घरबार, जो तिमी जस्तै सानो छ

pramod kc

Tuesday, August 20, 2013

गजल


जब दूरी नाप्छु, माया दुख्ने गर्छ
त्यहाँ घाम लाग्दा, यहाँ डुब्ने गर्छ

हाम्रो नजरको मिलन, चाँदमा पनि हुदैन
त्यहाँ चाँद देखीदा, यहाँ लुक्ने गर्छ

मेरो निन्द्रा भोक नि, आफै संग लगेउ कि
एकै गाँस ले आजकल, मलाई पुग्ने गर्छ

टाढा छुइन भन्छौ, धेरै टाढा छौ नि
तिमि उठ्दा परेली, यहाँ झुक्ने गर्छ

यति थोरै पल मा, माया गहिरो दियौ
सम्झदैमा मेरो, हिक्का छुट्ने गर्छ

तिमि जाडो छल्न, न्यानो खोज्ने बेला
यहाँ घाम को रापले, मलाई फुक्ने गर्छ

बेगले साँझको हावा, मलाई छुँदै जान्छ
तिमि सम्म पुग्दा, लाग्छ सुक्ने गर्छ

तिमीलाई सपनीमा भेटाउन कोहि
रातमा उठ्ने गर्छ, दिनमा सुत्ने गर्छ

- प्रमोद केसी 

Saturday, August 17, 2013

done (gajal)


अरु पाएर अघाउँछन्, म गुमाएर अघाएँ।
गुमाउदा गुमाउदा, अगाएर अघाएँ।।
अमिलो हुन्छ भन्छन्, नपाएको अंगुर त्यो अमिलोकोलागी, छट्पटाएर अघाएँ।
सपना लाखौँ देखेँ, लाखौँ चेहेरा हरुको कुनै हकिकत बनेनन्, हरेश खाएर अघाएँ।
भोक तिर्खा को पनी, सिमा हुँदो रैछ भोकाँउदा भोकाँउदा, भोकाएर अघाएँ।
तिमीलाइ पाउन, चारै दिशा खोजी हिँडे कहाँ गयौ कहाँ, म धाएर अघाएँ।


- pramod kc

Saturday, August 10, 2013

Realisation (GAZAL)

इर्शया, पींडा वास्तवमा सानो थोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।

बन्धन हरु कहिले आफै प्रकट भएनन्
आफ्नै सोचले जन्माएको एउटा रोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।

बुझ्दैछु आझ जिवन जगतको कुरा
चाहानालाइ संसार सम्झे, केवल शोक थियो
यो मनले बेकारमा यसलाइ बोक थियो।।

माया त मिठास रैछ, दिलबाट पलाउने
जसलाइ प्रेम सम्जेथँे, केवल भोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।

इर्शया, पींडा वास्तवमा सानो थोक थियो।
यो मनले बेकारमा यसलाइ बोक थियो।।

 by Pramod kc

Saturday, August 3, 2013

Gajal

काहँा बाट मायँा आँफै, पलाई पलाई आँउथ्यो।
कम्जोरी र डर हरु, जलाई जलाई आँउथ्यो।।


अ्ंगालेर नि नपूग्ने, शं्गालेर नि नसकिने
यति धेरै माया मुटु, गलाई गलाई आँउथ्यो।।


रोक्न कसले सक्थ्यो र, छेक्न कसले सक्थ्यो र
सबै बाधा बन्धन् हरु, ढलाई ढलाई आँउथ्यो।।

हिमभुमी होस् या मरभुमि होस्
प्रेमको मिठो फल, फलाई फलाई आँउथ्यो।।

निती नियम बिर्सेर, बन्धन् हरु तोडेर
प्रेमको नया कानुन, चलाई चलाई आँउथ्यो।।

काहँा बाट मायँा आँफै, पलाई पलाई आँउथ्यो।
कम्जोरी र डर हरु, जलाई जलाई आँउथ्यो।।



Pramod kc

Thursday, August 1, 2013

gazal


छक्क नपर्नु  मेरो साथमा, तिम्रो तस्बिर देखेर
मेरो घर मा तिम्रो नामको, छुट्टै मन्दिर देखेर

तिमीलाई इश्वोर बनाइदिएँ, पाउने  बाटो नदेख्दा
दुनिया स्तब्द हुन्छन् मेरो, यस्तो तक्दिर देखेर

कोर्नै भुल्यो कि विधाता लेः मिलन रेखा यो हत्केलामा
आफै पनि स्तब्द हुन्छु, हातको लकीर देखेर

कहिले कहिँ ऐना हेरी, एकोहोरो टोलाउछु
लाग्छ तिम्रो लायक छुइन, आफ्नो शरीर देखेर

चखेवा को जोडी लेः नि मन तान्छ आझ भोलि
लोभ लाग्छ किन किन, चरी चिरबिर देखेर

बादिदीयो बास्तविकता लेः सपना त केहिछिन को थ्यो
आत्मा जल्छ सत्यता को, यस्तो जन्जीर देखेर

Pramod kc


Disqus Shortname

Comments system