Tuesday, August 20, 2013

गजल


जब दूरी नाप्छु, माया दुख्ने गर्छ
त्यहाँ घाम लाग्दा, यहाँ डुब्ने गर्छ

हाम्रो नजरको मिलन, चाँदमा पनि हुदैन
त्यहाँ चाँद देखीदा, यहाँ लुक्ने गर्छ

मेरो निन्द्रा भोक नि, आफै संग लगेउ कि
एकै गाँस ले आजकल, मलाई पुग्ने गर्छ

टाढा छुइन भन्छौ, धेरै टाढा छौ नि
तिमि उठ्दा परेली, यहाँ झुक्ने गर्छ

यति थोरै पल मा, माया गहिरो दियौ
सम्झदैमा मेरो, हिक्का छुट्ने गर्छ

तिमि जाडो छल्न, न्यानो खोज्ने बेला
यहाँ घाम को रापले, मलाई फुक्ने गर्छ

बेगले साँझको हावा, मलाई छुँदै जान्छ
तिमि सम्म पुग्दा, लाग्छ सुक्ने गर्छ

तिमीलाई सपनीमा भेटाउन कोहि
रातमा उठ्ने गर्छ, दिनमा सुत्ने गर्छ

- प्रमोद केसी 

No comments:

Post a Comment

Disqus Shortname

Comments system